रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, चालकले हाम फालेर जोगिए
रोल्पा । घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ। ब्रेक फेल भएपछि अटो सडकबाट करिब ६०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ वर्षीया गौसरा घर्ती मगरको मृत्यु भएको हो।
प्रहरीका अनुसार अटो चालक माडी–३ तालाबाङका ४७ वर्षीय कमलसिंह बुढाले ब्रेक फेल भई अटो नियन्त्रण गर्न नसकेपछि हाम फालेर ज्यान जोगाएका थिए। घटनाबारे प्रहरीले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।...















