कात्तिक ९ देखि आदिनाथ मन्दिरमा एक महिने मेला
काठमाडौँको कीर्तिपुर–६ स्थित आदिनाथ मन्दिरमा कात्तिक ९ गतेदेखि एक महिने मेला सुरु हुने भएको छ। आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने मेलाको तयारीस्वरूप मन्दिर परिसरमा सरसफाइ र साजसज्जाको काम तीव्र पारिएको छ।
शिव–पार्वतीको संयुक्त स्वरूप अर्धनारेश्वरका रूपमा पूजिने आदिनाथ मन्दिरमा यस वर्ष करिब दुई लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ। हिन्दू र बौद्ध दुवै समुदायका श्रद्धालुले विशेष आस्थाका साथ पूजाआजा गर्ने परम्परा रहेको छ।...















