बागमती

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह विजेता बन्दै अन्तिम आठमा पुगेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा ४ विकेटको क्षतिमा १५० रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर लगातार वर्षा भएपछि जापानले जवाफी ब्याटिङ गर्न पाएन र खेल रद्द गरियो। यससँगै नेपालले २ खेलबाट ३ अंक जोड्दै समूह विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। नेपालले यसअघि शुक्रबार भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो।...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै फर्किएको छ। आवश्यक कानुन र बजेटको अभाव देखाउँदै पाँच प्रदेशले लाइसेन्स छपाइको जिम्मेवारी लिन अस्वीकार गरेपछि यातायात व्यवस्था विभागले केन्द्रबाटै छपाइ सुरु गरेको हो। पूर्वाधार विकास मन्त्रालयले चालू आर्थिक वर्षको साउन १ गतेदेखि लाइसेन्स छपाइ तथा वितरणको अधिकार प्रदेश सरकारलाई दिने निर्णय गरेको थियो। तर, मधेश र लुम्बिनी प्रदेशले मात्र सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरी लाइसेन्स छपाइको प्रक्रिया अघि बढाएका छन्। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आवश्यक कानुनी व्यवस्था तथा बजेटको अभाव देखाउँदै सम्झौता नगरेपछि ती प्रदेशका लागि लाइसेन्स छपाइ संघीय सरकारले नै गर्ने निर्णय भएको हो। प्रदेशबाट छपाइ प्रक्रिया अघि नबढ्दा करिब दुई महिनादेखि सेवाग्राही...
कुमार भट्टराईको पहलमा सरसफाइ

कुमार भट्टराईको पहलमा सरसफाइ

Breaking News 1, Breaking News 2, uncategory, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, विचार, समाचार
गोखुरेश्वर महादेव मन्दिरमा सरसफाइ, उपमेयरसहित स्थानीयको सहभागिता मकवानपुर । थाहा नगरपालिका वडा नं. १ र ६ को सीमामा अवस्थित ऐतिहासिक गोखुरेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ गरिएको छ। मन्दिर परिसरको सरसफाइ तथा संरक्षणमा कुमार भट्टराईको पहलमा सरसफाइ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीसहित स्थानीयवासीको सहभागिता रहेको थियो। उपमेयर गोपाली तथा स्थानीयको उपस्थितिमा मन्दिर परिसरमा रहेका फोहोर तथा झारपात हटाउँदै सरसफाइ सम्पन्न गरिएको जनाइएको छ। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मन्दिर क्षेत्रलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउन नियमित सरसफाइ आवश्यक रहेको सहभागीहरूले बताएका छन्।...
नयाँ प्रणालीमार्फत सवारी लाइसेन्स छपाइ सुरु, प्रदेशले नछापे केन्द्रबाटै छपाइ हुने

नयाँ प्रणालीमार्फत सवारी लाइसेन्स छपाइ सुरु, प्रदेशले नछापे केन्द्रबाटै छपाइ हुने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। सेवाग्राहीको बढ्दो चाप र लामो समयदेखि थुप्रिएको लाइसेन्स छपाइ तथा वितरणको समस्या समाधान गर्ने उद्देश्यले यातायात व्यवस्था विभागले नयाँ प्रविधिमा आधारित प्रणाली सञ्चालनमा ल्याएको हो। नयाँ प्रणाली लागू भएसँगै नयाँ लाइसेन्स लिनेदेखि पुरानो लाइसेन्स नवीकरणसम्मको प्रक्रिया थप छरितो, सहज र प्रविधिमैत्री हुने अपेक्षा गरिएको छ। ईडीएलभिआरएसमा प्रविष्ट भएका सेवाग्राहीका विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्नेछन्। त्यहाँ लाइसेन्स छपाइ सम्पन्न भएपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। यसबाट विगतमा लाइसेन्स छपाइ तथा वितरणमा देखिँदै आएको ढिलाइ कम हुने विभागको विश्वास छ। नया...
अशोक दर्जीको शालीन प्रतिक्रिया : ‘टंक दाइ’ मेरो कर्म दिने बुवा हुनुहुन्छ, उहाँलाई केही भन्ने अधिकार छ

अशोक दर्जीको शालीन प्रतिक्रिया : ‘टंक दाइ’ मेरो कर्म दिने बुवा हुनुहुन्छ, उहाँलाई केही भन्ने अधिकार छ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । संगीतकार टंक बुढाथोकीले हिजो सार्वजनिक रूपमा व्यक्त गरेका भनाइलाई लिएर गायक अशोक दर्जीले आफ्नो धारणा सार्वजनिक गरेका छन्। दर्जीले बुढाथोकीका भनाइप्रति प्रत्यक्ष जवाफ नदिई फेसबुकमार्फत शालीन प्रतिक्रिया दिएका हुन्। उनले बुढाथोकीले बोलेका विषयलाई विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अतिरञ्जित रूपमा प्रस्तुत गरिएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन्। अशोकले फेसबुकमा लेखेका छन्, ‘हिजो एउटा कार्यक्रममा मेरा कर्म दिने टंक दाइले बोल्नुभएको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा धेरै अतिरञ्जित ढंगले प्रस्तुत भइरहेको देखेँ। सबैसँग मेरो विनम्र अनुरोध छ– कृपया यस विषयलाई लिएर टंक दाइ र मलाई गाली नगर्नुहोला।’ उनले टंक बुढाथोकी आफ्नो जन्मदाता नभए पनि कर्म दिने बुवा भएको उल्लेख गर्दै आफ्ना सन्तानलाई केही भन्न उहाँलाई अधिकार रहेको बताएका छन्। अशोकले भनेका छन्, ‘उहाँ मेर...
ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
हिजो हरितालिका तीज पर्व मनाएपछि आज ऋषिपञ्चमीका अवसरमा टोखा नगरपालिका–११ स्थित ऐतिहासिक तथा प्रसिद्ध मनोरथ तीर्थधाममा नारीहरू व्रत तथा उपवास बसेर सप्तऋषिको श्रद्धापूर्वक पूजा–आराधना गर्दै पर्व मनाइरहेका छन्। ऋषिपञ्चमीका दिन बिहानैदेखि मनोरथ तीर्थधाममा भक्तजनहरूको चहलपहल बढेको छ। धार्मिक आस्था बोकेर पुगेका महिलाहरूले तीर्थस्थलमा स्नान तथा शुद्धीकरण गरी सप्तऋषिको पूजा, आराधना र दर्शन गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा मनोकामना पूरा होस् भन्ने कामना गरिरहेका छन्। धार्मिक परम्पराअनुसार ऋषिपञ्चमीमा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी सप्तऋषिको पूजा गर्ने चलन छ। यस दिन जान–अन्जानमा भएका त्रुटि तथा पापबाट मुक्ति प्राप्त हुने धार्मिक विश्वाससमेत रहिआएको छ। समाज, धर्म, संस्कृति र ज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका प्राचीन ऋषिमुनिहरूको स्मरण तथा सम्मान गर...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिएको बताएका छन्। 😥 उद्धारपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार गराएका साह शुक्रबार डिस्चार्ज भएका छन्। उनले सुरुङभित्र खानेकुरा नभए पनि हावा पर्याप्त रहेको, तर पानी पिउनका लागि भने निकै कठिन अवस्था झेल्नुपरेको बताएका छन्। साहले बाँच्नका लागि उपलब्ध पानीलाई आफ्नै कपडाले छानेर पिउनुपरेको र उक्त पानीमा मोबिल मिसिएको जस्तो रहेको बताएका छन्। उनले सुरुङभित्र बिताएका १० दिन निकै कष्टपूर्ण र चुनौतीपूर्ण रहेको अनुभव सुनाएका छन्। सप्तरीका साह माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत थिए। उनले उद्धारपछि बिबिसी न्युज नेपालीसँग कुराकानी गर्दै सुरुङभित्रको आफ्नो संघर्ष र बाँच्न गरेको प्रयासबारे जानकारी दिएका...
राजीनामापछि रुँदै मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव

राजीनामापछि रुँदै मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
इन्धन आपूर्ति सहज बनाउन नसकेको तथा उद्योगीलाई ‘पाता कस्ने’ अभिव्यक्ति दिएपछि विवादमा परेकी उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रुँदै मन्त्रालयबाट बाहिरिएकी छन्। राजीनामा दिएलगत्तै मन्त्रालयबाट बाहिरिएकी यादव आँखाभरि आँसु लिएर निस्किएकी थिइन्। मन्त्रालय परिसरमा रहेका सञ्चारकर्मीले प्रश्न गरे पनि उनले कुनै प्रतिक्रिया नदिई त्यहाँबाट बाहिरिएकी छन्। तत्कालीन श्रममन्त्री दीपक साह विवादमा परेपछि राजीनामा दिएसँगै रिक्त रहेको स्थानमा मन्त्रालय साटफेर गरी यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको थियो। तर, इन्धन आपूर्ति व्यवस्थापन तथा उद्योगीसम्बन्धी अभिव्यक्तिलाई लिएर उनी पनि पछिल्लो समय विवादमा परिन्। अन्ततः राजीनामा दिएर उनी मन्त्रालयबाट बाहिरिएकी छन्।...
७ सय रुपैयाँ अभावमा सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपरेको भन्दै स्वास्थ्य मन्त्रीको जवाफ माग

७ सय रुपैयाँ अभावमा सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपरेको भन्दै स्वास्थ्य मन्त्रीको जवाफ माग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण एक सुत्केरी महिलाले अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कर्णले राजविराज–१४, प्रसाईं टोलका हरेराम पासवानकी श्रीमती बबिता पासवान प्रसव पीडामा अस्पताल पुगेको र अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँको बिल तिर्न भनेको दाबी गरे। परिवारसँग २ हजार ५ सय रुपैयाँ मात्र रहेकाले ७ सय रुपैयाँ अपुग भएपछि उपचारमा आनाकानी गरिएको र अन्ततः उनले अस्पतालबाहिरै शिशुलाई जन्म दिनुपरेको उनले बताए। सांसद कर्णले घटनाले गरिब, विपन्न तथा दलित समुदायका महिलाको स्वास्थ्य सेवामा पहुँचको अवस्थामाथि गम्भीर प्रश्न उठाएको भन्दै स्वास्थ्य मन्त्रीसँग जवाफ माग गरेका छन्।...
कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढ्यो

कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढ्यो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। मुख्य सडकबाट आवागमन प्रभावित भएपछि काठमाडौँ आउने–जाने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिँदा पछिल्लो एक सातादेखि हेटौँडा–काठमाडौँ सडकमा चाप बढेको हो। सवारी चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि साना तथा ठूला सवारीसाधनका लागि काठमाडौँ–हेटौँडा आवतजावतमा छुट्टाछुट्टै रुट निर्धारण गरेको छ। १० चक्कासम्मका मालवाहक सवारीसाधन काठमाडौँतर्फ आउँदा त्रिभुवन राजपथ र फर्कँदा कान्ति राजमार्ग प्रयोग गरिरहेका छन्। हेटौँडाबाट काठमाडौँतर्फ जाने १४ सिटभन्दा कम क्षमताका सवारीसाधनलाई भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जाने रुट तोकिएको छ। त्यस्तै, काठमाडौँबाट हेटौँडातर्फ जाने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्गबाट सञ्चालन भइरहेक...