बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा
काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार मुख्यमन्त्री शाहलाई पाँच सय रुपैयाँ जरिवाना गरिएको छ।
मुख्यमन्त्री शाहले हेलमेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसकै आधारमा ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो।
कार्यालयका प्रमुख रेशम आचार्य नेतृत्वको ट्राफिक प्रहरी टोली मुख्यमन्त्री शाहको निवासमै पुगेर ट्राफिक नियम उल्लंघन गरेको भन्दै जरिवानाको चिट जारी गरेको जनाएको छ।...















