बागमती

७ सय रुपैयाँ अभावमा सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपरेको भन्दै स्वास्थ्य मन्त्रीको जवाफ माग

७ सय रुपैयाँ अभावमा सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपरेको भन्दै स्वास्थ्य मन्त्रीको जवाफ माग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण एक सुत्केरी महिलाले अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कर्णले राजविराज–१४, प्रसाईं टोलका हरेराम पासवानकी श्रीमती बबिता पासवान प्रसव पीडामा अस्पताल पुगेको र अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँको बिल तिर्न भनेको दाबी गरे। परिवारसँग २ हजार ५ सय रुपैयाँ मात्र रहेकाले ७ सय रुपैयाँ अपुग भएपछि उपचारमा आनाकानी गरिएको र अन्ततः उनले अस्पतालबाहिरै शिशुलाई जन्म दिनुपरेको उनले बताए। सांसद कर्णले घटनाले गरिब, विपन्न तथा दलित समुदायका महिलाको स्वास्थ्य सेवामा पहुँचको अवस्थामाथि गम्भीर प्रश्न उठाएको भन्दै स्वास्थ्य मन्त्रीसँग जवाफ माग गरेका छन्।...
कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढ्यो

कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढ्यो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। मुख्य सडकबाट आवागमन प्रभावित भएपछि काठमाडौँ आउने–जाने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिँदा पछिल्लो एक सातादेखि हेटौँडा–काठमाडौँ सडकमा चाप बढेको हो। सवारी चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि साना तथा ठूला सवारीसाधनका लागि काठमाडौँ–हेटौँडा आवतजावतमा छुट्टाछुट्टै रुट निर्धारण गरेको छ। १० चक्कासम्मका मालवाहक सवारीसाधन काठमाडौँतर्फ आउँदा त्रिभुवन राजपथ र फर्कँदा कान्ति राजमार्ग प्रयोग गरिरहेका छन्। हेटौँडाबाट काठमाडौँतर्फ जाने १४ सिटभन्दा कम क्षमताका सवारीसाधनलाई भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जाने रुट तोकिएको छ। त्यस्तै, काठमाडौँबाट हेटौँडातर्फ जाने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्गबाट सञ्चालन भइरहेक...
भम्लु खोलामा सुक्खा पहिरो खस्दा कर्णाली राजमार्ग पुनः अवरुद्ध

भम्लु खोलामा सुक्खा पहिरो खस्दा कर्णाली राजमार्ग पुनः अवरुद्ध

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार
कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। दैलेखको दुल्लु नगरपालिका–१ स्थित भम्लु खोलामा गएराति माथिबाट सुक्खा पहिरो खसेपछि सुर्खेत–जुम्ला सडकखण्डमा यातायात सेवा प्रभावित भएको हो। यसअघि कालीकोटको पिली, शुभकालिका गाउँपालिकास्थित गगने खोला र एस मोडमा खसेको पहिरो पन्छाएर मंगलबार दिउँसोदेखि राजमार्ग सञ्चालनमा ल्याइएको थियो। तर, दैलेखको भम्लु खोलामा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। पहिरोका कारण सडकमा रोकिएका सवारीसाधन तथा यात्रुलाई आवागमनमा समस्या भएको छ। सडक डिभिजन कार्यालय सुर्खेतसँग समन्वय गरी पहिरो हटाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा हुम्ला, मुगु, जुम्ला र कालीकोटबाट सुर्खेत, नेपालगन्ज तथा काठमाडौं जाने यात्रुहरू प्रभावित भएका छन्।...
भिडियो बनाउने क्रममा महाकाली नदीमा खसिन् किशोरी

भिडियो बनाउने क्रममा महाकाली नदीमा खसिन् किशोरी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
कञ्चनपुर । कञ्चनपुरमा भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा खसेर बेपत्ता भएकी छन्। दोधारा–चाँदनी नगरपालिका–१०, खड्खदेनजिक भिडियो खिच्ने क्रममा १५ वर्षीया सृष्टि सुनार महाकाली नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। किशोरी नदीमा खसेको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्यमा जुटेको छ। उनको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ। किशोरी नदीमा खसेको दृश्यसमेत भिडियोमा कैद भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
बाढीपीडितको उद्धारमा टोखाको साथ, सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

बाढीपीडितको उद्धारमा टोखाको साथ, सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई टोखा नगरपालिकाले आवश्यक उद्धार सामग्री उपलब्ध गराएको छ। भदौ २१ गते आइतबार टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले सशस्त्र प्रहरी बल नेपाल, १८ नं. गण बाघभैरवलाई डोरी, रेस्क्यु ब्याक बोर्ड, लाइफ बुय, पुलीलगायतका अत्यावश्यक उद्धार सामग्री हस्तान्तरण गरेका हुन्। बाढी तथा अन्य जोखिमपूर्ण क्षेत्रमा फसेका नागरिकको खोजी, उद्धार र सुरक्षित स्थानान्तरणलाई थप प्रभावकारी बनाउन सामग्री सहयोग गरिएको नगरपालिकाले जनाएको छ। भोटेकोशी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय उद्धार, खोजी तथा राहत कार्यमा निरन्तर परिचालित छन्। जोखिमपूर्ण क्षेत्रमा खटिएका उद्धार टोलीलाई आवश्यक उपकरणको अभाव हुन नदिन नगरपालिकाले आफ्नो तर्फबाट सहयोगलाई निरन्तरता दिएको जनाएको छ। नगरप्रमुख अधिकारीले विपद्को स...
अभिनेत्री तथा सामाजिक अभियन्ता माया थामीलाई ‘International Excellence Award 2026’ मा विशेष सम्मानित

अभिनेत्री तथा सामाजिक अभियन्ता माया थामीलाई ‘International Excellence Award 2026’ मा विशेष सम्मानित

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, मनोरञ्जन, समाचार
अभिनेत्री तथा सामाजिक अभियन्ता मायादेवी थामीलाई कला तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘International Excellence Award 2026 Nepal & International Summit’ मा ‘Guest of Honour’ का रूपमा सम्मान गरिएको छ। ABM Presents तथा Samari International Event Pvt. Ltd. को सहयोगमा आयोजित विशेष कार्यक्रममा थामीलाई कला क्षेत्रमा दिएको निरन्तर योगदान तथा सामाजिक सेवामार्फत समाजमा पुर्‍याएको सकारात्मक प्रभावको सम्मानस्वरूप विशेष अतिथिका रूपमा सहभागी गराइएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, कलाकार, सामाजिक अभियन्ता तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो। कला र मनोरञ्जनको क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्नुका साथै सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएकी थामीको योगदानलाई कार्यक्रममार्फत विशेष रूपमा सम्मान गरिएको आयोजकले जनाएको छ। थामीले आफूलाई ‘Guest of Honour’ का रू...
International Excellence Award 2026 बाट कुमार भट्टराई सम्मानित

International Excellence Award 2026 बाट कुमार भट्टराई सम्मानित

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, मनोरञ्जन, समाचार
काठमाडौं । International Excellence Award 2026 बाट एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक कुमार भट्टराई सम्मानित भएका छन्। विगत लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै समाज, संस्कृति, सनातन धर्म तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको मूल्याङ्कन गर्दै भट्टराईलाई उक्त प्रतिष्ठित सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। विशेषगरी नेपालका विभिन्न स्थानमा रहेका मठ–मन्दिर, धार्मिक तथा सांस्कृतिक गतिविधिलाई निःस्वार्थ रूपमा सञ्चारमाध्यममार्फत उजागर गर्दै प्रचार–प्रसारमा पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई यो अवार्ड प्रदान गरिएको बताइएको छ। सम्मान ग्रहण गर्दै भट्टराईले यो अवार्ड आफ्ना लागि व्यक्तिगत उपलब्धि मात्र नभई आगामी दिनमा अझ जिम्मेवार भएर सञ्चार क्षेत्रमा काम गर्ने प्रेरणा र हौसला भएको बताए। उनले सनातन धर्म, संस्कृति, धार्मिक सम्पदा तथा स...
नुवाकोटपछि रसुवाका बाढीपीडितको सहारामा गायक दुर्गेश थापा

नुवाकोटपछि रसुवाका बाढीपीडितको सहारामा गायक दुर्गेश थापा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । भोटेकोशीमा बाढी आएको भोलिपल्टदेखि नै गायक दुर्गेश थापा नुवाकोटका बाढी प्रभावितको उद्धार तथा राहतमा सक्रिय रहँदै आएका छन्। सुरुवातमा उनले विदुरका बाढीपीडितलाई लत्ताकपडा वितरण गर्नुका साथै आफैं खाना पकाएर खुवाएका थिए। बाढीका कारण आसपासका पुलहरू बगाएपछि थापा गल्छीको बाटो हुँदै करिब ११ घण्टा घुमेर त्रिशूली नदीपारि रहेको कोलोनी क्षेत्रका पीडितसम्म पुगेका थिए। त्यहाँ पनि उनले आवश्यक राहत सामग्री वितरण गर्दै पीडितलाई सहयोग गरेका थिए। नुवाकोटमा नौ दिनसम्म राहत तथा उद्धारमा खटिएका थापा आज रसुवातर्फ लागेका छन्। रसुवाको कालिका गाउँपालिका–१, २ र ३ का बाढीपीडितका लागि अत्यावश्यक लत्ताकपडा, दाल, चामल तथा भाँडाकुँडालगायत सामग्री बोकेर उनी त्यसतर्फ गएका हुन्। थापाका अनुसार धेरै व्यक्तिले फोन तथा सन्देशमार्फत कालिका गाउँपालिकाका ती वडामा अझै राहत पर्याप्त रूपमा पुग्न नसकेको जानकारी गराएका थिए...
बाढीमा बेपत्ता ६ जनाको जीवित उद्धार, सुरुङमा खोजी जारी

बाढीमा बेपत्ता ६ जनाको जीवित उद्धार, सुरुङमा खोजी जारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
भोटेकोशी बाढीका क्रममा रसुवामा बेपत्ता भएका ६ जनालाई नेपाली सेनाको टोलीले जीवितै उद्धार गरेको छ। उद्धारसँगै विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी कार्यलाई पनि सेनाले निरन्तरता दिएको छ। सैनिक मुख्यालयका अनुसार लाङटाङ हाइड्रोमा नेपाली तथा विदेशीसमेत गरी २५ सदस्यीय संयुक्त उद्धार टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना प्वाल बनाएर खोजी गरिरहेको छ। चिलिमे हाइड्रोमा पनि खोज तथा उद्धार कार्य जारी रहेको छ। त्यस्तै, त्रिशूली–३ एमा ९३ सदस्यीय संयुक्त उद्धार टोलीले पाँचवटा स्काभेटर प्रयोग गरी सुरुङको आउटलेटमा थुप्रिएको लेदो र माटो हटाइरहेको छ। आउटलेटको मार्ग फराकिलो बनाउन क्राउन ब्लास्टिङ गरी सफा गर्ने कामसमेत अघि बढाइएको छ। त्रिशूली–३ बीमा पनि नेपाली सेना, गैरसैनिक टोली तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्याल...
ज्ञानेन्द्र शाहीको प्रश्न : ‘सुरुङबाट निस्किएका व्यक्तिसँग सरकारले किन सोधेन?’

ज्ञानेन्द्र शाहीको प्रश्न : ‘सुरुङबाट निस्किएका व्यक्तिसँग सरकारले किन सोधेन?’

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सुरुङभित्र फसेका व्यक्तिको अवस्थाबारे सरकारसँग प्रश्न गरेका छन्। उनले सरकारले अनुमति दिए आफू अझै पनि जीवित व्यक्तिलाई संसद्मा ल्याएर उभ्याउन सक्ने दाबी गरे। शाहीका अनुसार जुम्लाका पाँच जना व्यक्ति सुरुङभित्रबाट जीवितै बाहिर आएका छन्। उनीहरूसँग सुरुङभित्रको वास्तविक अवस्था, भोग्नुपरेको कठिनाइ र त्यहाँ रहेका अन्य व्यक्तिको अवस्थाबारे सरकारले एकपटक पनि जानकारी नलिएको भन्दै उनले प्रश्न उठाएका छन्।...