बडादसैँमा नेपाल प्रहरीद्वारा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
काठमाडौँ । बडादसैँको अवसरमा सर्वसाधारणको आवागमन सहज बनाउन नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ। प्रहरीले कात्तिक ३ र ४ गते दुई दिन तीनवटा रुटमा उक्त सेवा सञ्चालन गरेको हो।
प्रहरीका अनुसार रुट नम्बर १ अन्तर्गत नक्सालबाट सुरु हुने बस बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ।
त्यसैगरी, रुट नम्बर २ अन्तर्गत नक्सालबाट सुरु हुने बस रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी र सूर्यविनायक चोक हुँदै पुनः कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल फर्किनेछ।
रुट नम्बर ३ अन्तर्गत नक्सालबाट सुरु हुने बस सो...















