पवित्र १००८ शालिग्राम भगवानको दर्शन, किन गरिँदैन प्राणप्रतिष्ठा ?
काठमाडौं। हिन्दू धर्ममा १००८ शालिग्राम भगवानलाई भगवान विष्णुको साक्षात् स्वरूपका रूपमा पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार श्रद्धापूर्वक शालिग्राम भगवानको दर्शन तथा पूजा–आराधना गर्दा सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने जनविश्वास रहेको छ।
शालिग्राम भगवानलाई अन्य मूर्तिजस्तै प्राणप्रतिष्ठा गर्नुपर्दैन, किनकि वैष्णव परम्पराअनुसार शालिग्राम स्वयंभू अर्थात् भगवान विष्णुको प्राकृतिक दिव्य स्वरूप मानिन्छ। शास्त्रीय मान्यताअनुसार भगवानको शक्ति शालिग्राममा स्वतः विद्यमान रहने भएकाले यसमा प्राणप्रतिष्ठा आवश्यक नपर्ने विश्वास छ।
शालिग्राम प्राकृतिक रूपमा नदीबाट प्राप्त हुने पवित्र शिला हो। हिन्दू धर्मग्रन्थ र वैष्णव परम्पराअनुसार शालिग्राम मुख्य रूपमा कालीगण्डकी नदीमा पाइने मान्यता रहेको छ। यसमा प्राकृतिक रूपमा बनेका चक्र तथा अन्य दिव्य चिन्हहरू देखिने भएकाले यसको धार्मिक महत्त्व अझ विशेष मा...















