मोक्ष प्राप्ति को लागि अब इन्डिया जानु पर्दैन , थाहा मा १०८ शंख को धारा उद्घाटन
मकवानपुर। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका–३, पालुङस्थित निर्माणाधीन मोक्षधाममा स्थापना गरिएको १०८ शंखधाराको उद्घाटन परमपूज्य श्री १००८ स्वामी चतुर्भुजाचार्य (चुडामणिजी) महाराजको पावन हस्तबाट भव्य रूपमा सम्पन्न भएको छ।
धार्मिक श्रद्धा, भक्ति र उत्साहका साथ सम्पन्न उद्घाटन समारोहमा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उपनगरप्रमुख भरत गोपाली, नेपालका कान्छा सांसद प्रशान्त उप्रेती, मोक्ष धाम का अध्यक्ष गुप्त बहादुर कार्की तथा विभिन्न भजन मण्डली, शान्तिधामबाट आएका भक्तजन तथा देशका विभिन्न स्थानबाट आएका उल्लेखनीय श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको शुभारम्भ वैदिक मन्त्रोच्चारण, पूजा–आराधना तथा विशेष धार्मिक विधिअनुसार सम्पन्न गरिएको थियो। त्यसपछि परमपूज्य स्वामी चतुर्भुजाचार्य महाराजले १०८ शंखधाराको विधिवत् उद्घाटन गर्दै मोक्षधामको धार...















