आजको विशेष

१८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने कालीगण्डकीको पुल

१८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने कालीगण्डकीको पुल

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
तनहुँ। कालीगण्डकी नदीमा आएको बाढीले पहुँचमार्ग बगाएपछि अवरुद्ध बनेको तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि पुनः सञ्चालनमा आएको छ। गत असोज ११ गते आएको बाढीले कालीगण्डकी नदीमाथि रहेको पुलको दुवैतर्फको पहुँच सडक बगाएपछि आवागमन ठप्प भएको थियो। अस्थायी पहुँचमार्ग निर्माण गरी मर्मत कार्य सम्पन्न गरिएसँगै बुधबारदेखि पुलमा सवारीसाधन सञ्चालनमा आएका हुन्। नवलपुरतर्फको अस्थायी पहुँचमार्ग गत साता नै निर्माण सम्पन्न भएको थियो भने तनहुँतर्फको सडक मर्मत कार्य बुधबार पूरा भएको हो। दुवैतर्फको पहुँचमार्ग निर्माण भएपछि पुलबाट सवारीसाधन आवतजावत गर्न थालेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिएका छन्। पुलको तनहुँतर्फको पहुँच सडक मर्मत कार्य सडक डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा स्याङ्जास्थित सिद्धबाबा निर्माण सेवाले युनिट रेट सम्झौत...
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
काठमाडौं। नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गाका पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन माता स्कन्दमाताको पूजा गरी भक्तजनले सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्ने धार्मिक परम्परा छ। पौराणिक मान्यताअनुसार माता स्कन्दमाता भगवान् स्कन्द अर्थात् कार्तिकेयकी माता हुन्। माता स्कन्दमातालाई मातृत्व, करुणा र शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ। उहाँको स्वरूप कमलको आसनमा विराजमान तथा काखमा बालक स्कन्दलाई धारण गरेको रूपमा वर्णन गरिएको पाइन्छ। धार्मिक ग्रन्थहरूमा स्कन्दमातासम्बन्धी विभिन्न प्रसङ्ग उल्लेख गरिएका छन्। स्कन्दमाताको नाम र स्वरूपबारे प्रचलित मान्यताअनुसार भगवान् शिव र पार्वतीका पुत्र स्कन्दको माता भएकाले पार्वतीलाई स्कन्दमाता भनिएको हो। देवीका नौ स्वरूपमध्ये स्कन्दमाताको पूजा नवरात्रको पा...
भगवान् शिवले त्रिशूल गोप्दा फुट्यो सातधारा

भगवान् शिवले त्रिशूल गोप्दा फुट्यो सातधारा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा अवस्थित ऐतिहासिक सातधारा धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थलका रूपमा परिचित छ। स्थानीय जनविश्वासअनुसार भगवान् शिवले आफ्नो त्रिशूल जमिनमा रोप्दा त्यहाँबाट सातवटा धारा उत्पत्ति भएका थिए। यही धार्मिक किंवदन्तीसँग जोडिएको यस स्थललाई स्थानीयवासीले श्रद्धा र आस्थाका साथ पूजाआराधना गर्दै आएका छन्। स्थानीय पुजारी तथा गुरुका अनुसार सातधारा क्षेत्र प्राचीन धार्मिक महत्त्व बोकेको स्थल हो। यहाँ विभिन्न देवीदेवताको बास रहेको धार्मिक विश्वास छ। भगवान् शिवसँग जोडिएको यस पवित्र स्थलमा दर्शन, पूजा तथा आराधना गर्न भक्तजनहरू आउने गरेका छन्। धार्मिक आस्थासँग जोडिएको सातधारा केवल पानीको स्रोत मात्र नभई स्थानीय परम्परा, संस्कृति र आध्यात्मिक विश्वासको प्रतीकसमेत मानिन्छ। पुस्तौँदेखि चलिआएको जनश्रुति र धार्मिक मान्यताले यस क्षेत्रको विशिष्ट पह...
नवरात्रको तेस्रो दिनः माता चन्द्रघण्टाको विधिपूर्वक पूजा–आराधना गरिँदै

नवरात्रको तेस्रो दिनः माता चन्द्रघण्टाको विधिपूर्वक पूजा–आराधना गरिँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, समाचार
नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ। यस पावन अवसरमा दसैँघर, पूजा कोठा तथा विभिन्न देवी मन्दिरहरूमा भक्तजनहरूले श्रद्धा र भक्तिभावका साथ देवीको पूजापाठ तथा दर्शन गरिरहेका छन्। धार्मिक तथा पौराणिक मान्यताअनुसार माता चन्द्रघण्टाले आफ्नो मस्तकमा अर्धचन्द्र धारण गर्नुभएको छ। उहाँको शिरमा रहेको घण्ट आकारको चन्द्रचिह्नका कारण उहाँलाई चन्द्रघण्टा नामले चिनिने धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ। मार्कण्डेय पुराणमा समेत माता चन्द्रघण्टाको स्वरूप र महिमाबारे वर्णन गरिएको पाइन्छ। माता चन्द्रघण्टालाई शक्ति, साहस र पराक्रमकी प्रतीकका रूपमा पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार उहाँको आराधना गर्नाले भक्तजनमा आत्मविश्वास, साहस तथा सकारात्मक ऊर्जा प्राप्त हुन्छ। उहाँले अन्याय, अत्याचार र दुष्ट शक्तिको नाश गरी धर्मको रक्षा गर्नुहु...
सयौ मान्छे को भिसा लाग्यो  ?  स्वच्छन्द भैरव को दर्शन गर्दा

सयौ मान्छे को भिसा लाग्यो ? स्वच्छन्द भैरव को दर्शन गर्दा

Breaking News 1, Breaking News 2, uncategory, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
मकवानपुर जिल्लाको थाहा नगरपालिका–९, चित्लाङमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्वच्छन्द भैरव मन्दिर स्थानीय धार्मिक आस्था र परम्पराको एक महत्त्वपूर्ण केन्द्रका रूपमा परिचित छ। लामो धार्मिक इतिहास र विशिष्ट पूजापरम्परासँग जोडिएको यस मन्दिरमा दर्शन तथा पूजाआजा गर्न विभिन्न स्थानबाट भक्तजनहरू आउने गर्छन्। स्वच्छन्द भैरव मन्दिर प्राचीनकालदेखि नै शक्तिशाली धार्मिक स्थलका रूपमा श्रद्धा गरिँदै आएको जनविश्वास छ। यस मन्दिरमा विगतमा पञ्चबलि दिने परम्परा रहेको र विशेष अवसरमा रातभरि पूजाआजा तथा धार्मिक अनुष्ठान सञ्चालन हुने गरेको बताइन्छ। आज पनि पुण्य तिथिका अवसरमा यहाँ सयौँको सङ्ख्यामा बलि चढाउने परम्परा कायम रहेको स्थानीय धार्मिक मान्यतासँग जोडिएको छ। विशेषगरी वैदेशिक रोजगारी, अध्ययन तथा अन्य उद्देश्यले विदेश जान चाहने व्यक्तिहरू यस मन्दिरमा पूजाआजा र भाकल गर्न आउने गरेका छन्। विदेश ...
महागङ्गा आरती शङ्खमूल मोक्षधाममा सम्पन्न

महागङ्गा आरती शङ्खमूल मोक्षधाममा सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
  मकवानपुरको थाहा नगरपालिका–३ स्थित शङ्खमूल मोक्षधाममा पितृहरूको मोक्षको कामना गर्दै भव्य महागङ्गा आरती श्रद्धा, भक्तिभाव र धार्मिक वातावरणका बीच सम्पन्न भएको छ। थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीज्यूको नेतृत्वमा सम्पन्न उक्त आरती कार्यक्रममा स्थानीयवासीसहित विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजन तथा मन्दिरका पुजारी र गुरुहरूको उपस्थिति रहेको थियो। सनातन धर्म, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको महागङ्गा आरतीमा भक्तजनहरूले दीप प्रज्वलन, पूजाआजा तथा आरती दर्शनमार्फत आध्यात्मिक अनुभूति गरेका थिए। आरतीका क्रममा पवित्र मन्त्रहरूको उच्चारण र दीपको दिव्य ज्योतिले शङ्खमूल मोक्षधामको वातावरण भक्तिमय बनेको थियो। विशेषगरी दिवङ्गत पितृहरूको आत्माको शान्ति तथा मोक्षको कामना गर्दै आयोजना गरिएको यस धार्मिक अनुष्ठानले पितृप्रतिको श्रद्धा, आस्था र सम...
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित वर्षा हुने सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। हाल देशका पहाडी तथा हिमाली भूभाग, मधेस प्रदेश र कोशी, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बादल लागेको छ। अन्य क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। मधेस प्रदेशसहित को...
११ वर्षपछि एमाले बैठकमा विद्या भण्डारी, ओलीबाट लिइन् वरिष्ठ नेताको शपथ

११ वर्षपछि एमाले बैठकमा विद्या भण्डारी, ओलीबाट लिइन् वरिष्ठ नेताको शपथ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट वरिष्ठ नेताको पद तथा गोपनीयताको शपथ लिएकी छन्। एमालेको ११औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक सुरु हुनुअघि बिहीबार पार्टी मुख्यालय च्यासलमा अध्यक्ष ओलीले भण्डारीलाई शपथ गराएका हुन्। शपथ ग्रहणसँगै भण्डारी वरिष्ठ नेताको हैसियतमा पहिलोपटक पार्टीको औपचारिक बैठकमा सहभागी भएकी छन्। पूर्वराष्ट्रपति भण्डारीलाई पछिल्लो केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो। मनोनीत भएपछि उनी पहिलोपटक एमालेको स्थायी कमिटी बैठकमा सहभागी भएकी हुन्। राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारीले राष्ट्रपति पदमा दुई कार्यकाल पूरा गरेपछि सक्रिय दलीय राजनीतिबाट बाहिर रहेकी थिइन्। करिब ११ वर्षपछि उनी पुनः एमालेको औपचारिक पार्टी गतिविधिमा फर्किएकी हुन्। भण्डारीले वरिष्ठ नेताक...
वरिष्ठ पत्रकार कुमार भट्टराईलाई ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ बाट सम्मानित

वरिष्ठ पत्रकार कुमार भट्टराईलाई ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ बाट सम्मानित

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक वरिष्ठ पत्रकार कुमार भट्टराई अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित भएका छन्। भट्टराईलाई ‘3rd Edition International Icon Award 2026’ अन्तर्गत ‘Extraordinary Personality of the Year’ अवार्ड प्रदान गरिएको हो। काठमाडौं स्थित राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहमा भट्टराईलाई प्रमुख अतिथि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको हातबाट उक्त सम्मान प्रदान गरिएको हो। लामो समयदेखि पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका भट्टराईले सनातन धर्म, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका साथै सामाजिक विषयवस्तुको प्रचार–प्रसारमा निरन्तर योगदान पुर्‍याउँदै आएको आयोजक पक्षले जनाएको छ। सञ्चार क्षेत्रमार्फत धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थलहरूको खोज, पहिचान र प्रचार–प्रसारमा सक्रिय भट्टराईले आफ्नो कार्यक्षेत्रमा निरन्तर समय...
थाहा नगरपालिका का उप नगरप्रमुख भरत गोपाली ले पाए अन्तररास्ट्रिय अवार्ड

थाहा नगरपालिका का उप नगरप्रमुख भरत गोपाली ले पाए अन्तररास्ट्रिय अवार्ड

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, कला/साहित्य, ताजा अपडेट, बागमती, समाचार
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd Edition International Icon Award 2026’ अन्तर्गत ‘Best Contribution in Wellness & Spiritual Tourism’ विधामा अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो। विभिन्न क्षेत्रमा सामाजिक तथा सार्वजनिक योगदान पुर्‍याउँदै आएका गोपालीलाई विशेषगरी जीवन बिज्ञान स्वास्थ्य, आध्यात्मिकता तथा धार्मिक पर्यटनको प्रवर्द्धन र विकासमा पुर्‍याएको योगदानलाई मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। आयोजित विशेष समारोहमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विनोद पहाडी, सन्तोषराज सहनी, भरत समारी लगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका आयोजक अनमोल आर. भगत लगायतको समेत सहभागिता रहेको थि...