आजको विशेष

मुम्बईमा अभिनेता टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार, चालक र अंगरक्षक घाइते

मुम्बईमा अभिनेता टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार, चालक र अंगरक्षक घाइते

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
मुम्बई । भारतको मुम्बईस्थित जुहू क्षेत्रमा बलिउड अभिनेता टाइगर श्रफलाई लक्षित गरी अज्ञात समूहले उनको गाडीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ। घटनाले मुम्बईको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ। प्राप्त विवरणअनुसार, घटनाका क्रममा गाडीमा पाँच राउन्ड गोली प्रहार गरिएको थियो। आक्रमणमा अभिनेता टाइगर श्रफ भने सुरक्षित रहेको बताइएको छ। तर, उनका चालक र अंगरक्षक घाइते भएका छन्। घटनापछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज संकलन गरी आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने प्रयास गरिरहेको छ। गोली प्रहार गर्नुको कारण, आक्रमणकारीहरूको पहिचान र घटनामा संलग्न अन्य व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ। घटनाले बलिउड कलाकारहरूको सुरक्षाबारे फेरि चिन्ता बढाएको छ। यद्यपि, आक्रमणको वास्तविक कारण र घटनासम्बन्धी सबै विवरण आधिकारिक...
नवरात्रको नवौँ दिन आज, दोहोर्‍याइँदै महाअष्टमीका कर्म; हनुमानढोकामा राति कालरात्रि पूजा

नवरात्रको नवौँ दिन आज, दोहोर्‍याइँदै महाअष्टमीका कर्म; हनुमानढोकामा राति कालरात्रि पूजा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
काठमाडौँ । यस वर्ष तिथि वृद्धि भएर दुई दिन अष्टमी परेकाले नवरात्रको नवौँ दिन पनि महाअष्टमीका धार्मिक कर्म दोहोर्‍याउन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आग्रह गरेको छ। समितिबाट स्वीकृत पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। त्यसैले कात्तिक २ गते पनि दशैँघर वा पूजाकोठामा नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा–आराधनासहित अष्टमीका अन्य धार्मिक विधि दोहोर्‍याउनुपर्ने धर्मशास्त्रविद्हरूले बताएका छन्। यद्यपि, अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गतेकै राति गर्नुपर्ने पात्रोमा उल्लेख छ। अष्टमी तिथि दुई दिन परेकाले यस वर्ष नवरात्र दस रातसम्म मनाइने भएको छ। यससँगै विजयादशमीमा लगाइने टीकामा दस रातका जमरा प्रयोग गरिनेछ। हनुमानढोकामा सोमबार राति कालरात्रि पूजा हनुमानढोका दरबारमा राज्यका तर्फबाट गरिने कालरात्रि पूजा भने परम्पराअनुसार कात्तिक २ गते ...
रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, चालकले हाम फालेर जोगिए

रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, चालकले हाम फालेर जोगिए

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार
रोल्पा । घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ। ब्रेक फेल भएपछि अटो सडकबाट करिब ६०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ वर्षीया गौसरा घर्ती मगरको मृत्यु भएको हो। प्रहरीका अनुसार अटो चालक माडी–३ तालाबाङका ४७ वर्षीय कमलसिंह बुढाले ब्रेक फेल भई अटो नियन्त्रण गर्न नसकेपछि हाम फालेर ज्यान जोगाएका थिए। घटनाबारे प्रहरीले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।...
सिन्धुलीमा सुमो सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता र ४ जनाको उद्धार

सिन्धुलीमा सुमो सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता र ४ जनाको उद्धार

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। कार्तिक १ गते बिहान २:४० बजे गति अनियन्त्रित भई नदीमा खसेको सुमोमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा तीन जना बेपत्ता भएका छन् भने चार जनाको उद्धार गरी उपचारका लागि घुर्मीस्थित स्थानीय मेडिकलमा पठाइएको छ। घटनास्थलमा सशस्त्र प्रहरी बल नेपालका गोताखोरसहितका टोली र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।...
आज महाअष्टमी, माता महागौरीको विशेष पूजाआराधना गरिँदै

आज महाअष्टमी, माता महागौरीको विशेष पूजाआराधना गरिँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, समाचार
बडादसैँ तथा नवरात्रको आठौँ दिन आज आइतबार नवदुर्गाका आठौँ स्वरूप माता महागौरीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। यस अवसरमा देशभरका दसैँघर, मन्दिर तथा घरघरका पूजाकोठामा श्रद्धा र भक्तिभावका साथ माता महागौरीको पूजा गरी महाअष्टमी पर्व मनाइँदैछ। वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन माता महागौरीको विशेष पूजा गर्ने धार्मिक मान्यता छ। नवरात्रको यस पावन अवसरमा भक्तजनले माता महागौरीको आराधना गर्दै सुख, शान्ति, समृद्धि, सौभाग्य तथा परिवारको कल्याणको कामना गर्ने गर्दछन्। धार्मिक मान्यताअनुसार माता महागौरीलाई शान्ति, पवित्रता, करुणा र सौम्यताको प्रतीकका रूपमा पूजा गरिन्छ। उहाँको आराधनाले जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुने, दुःख–कष्टबाट मुक्ति मिल्ने तथा मनोकामना पूरा हुने विश्वास रहिआएको छ। महाअष्टमीका दिन दुर्गा भवानीका विभिन्न स्वरूपको पूजा, दुर्गासप्तशती पाठ, हव...
आज नवरात्रको सातौँ दिन, फूलपाती भित्र्याइँदै

आज नवरात्रको सातौँ दिन, फूलपाती भित्र्याइँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको सातौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। साथै, आजै दसैँको महत्त्वपूर्ण धार्मिक परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ। वैदिक सनातन धर्मको परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको विशेष पूजा गरिन्छ। कालरात्रि देवीलाई दुष्ट शक्तिको नाश गर्ने तथा भक्तजनलाई भय र सङ्कटबाट रक्षा गर्ने शक्तिशाली देवीका रूपमा मानिन्छ। धार्मिक मान्यताअनुसार देवीको आराधना गर्दा भय, बाधा र नकारात्मक शक्तिबाट मुक्ति मिल्ने विश्वास छ। विभिन्न पुराणमा कालरात्रि देवीको स्वरूप श्याम वर्णको र भयानक आकृतिको रहेको वर्णन गरिएको छ। नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जौको जमरा राखेर नवदुर्गाको पूजा आरम्भ गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दि...
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी, एक विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी, एक विधेयक प्रमाणीकरण

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दुईवटा अध्यादेश जारी गर्नुका साथै संघीय संसद्बाट पारित एक विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान र विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी अध्यादेश जारी गरिएको हो। त्यसैगरी, संघीय संसद्बाट पारित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको छ।...
सर्लाहीमा प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया युवतीको तीन घण्टापछि सकुशल उद्धार

सर्लाहीमा प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया युवतीको तीन घण्टापछि सकुशल उद्धार

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–२, पिपरियास्थित नवलपुर–चैनपुरा १३२ केभी प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया युवतीको तीन घण्टापछि सकुशल उद्धार गरिएको छ। बिहीबार साँझ करिब ४:३० बजे प्रसारण लाइनको ४५ नम्बर टावरमा चढेकी युवतीलाई राति ८ बजे प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो। कविलासी नगरपालिका–७, सिरसिया निवासी ती युवती टावरमा चढेपछि सम्भावित दुर्घटना हुन नदिन विद्युत् सेवा बन्द गरिएको थियो। यसका कारण सर्लाहीका आधा दर्जनभन्दा बढी स्थानीय तहमा विद्युत् आपूर्ति प्रभावित भएको थियो। प्रसारण लाइनका प्रशासन प्रमुख कुनाल चौधरीका अनुसार प्रहरीको संयुक्त टोलीले लामो प्रयासपछि युवतीलाई सकुशल उद्धार गर्न सफल भएको हो।...
होल्डिङ सेन्टरमा बस्न नचाहने बाढीपीडितलाई सरकारले मासिक १५ हजार रुपैयाँ दिने

होल्डिङ सेन्टरमा बस्न नचाहने बाढीपीडितलाई सरकारले मासिक १५ हजार रुपैयाँ दिने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले गोरखा, धादिङ र बागलुङ जिल्लाका प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिएका छन्। निर्णयअनुसार गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ लाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। त्यस्तै, २०८३ असोज ८ देखि ११ गतेसम्मको वर्षाका कारण आएको बाढी तथा पहिरोबाट प्रभावित बागलुङका गलकोट र ढोरपाटन नगरपालिकालाई पनि उक्त सूचीमा समेटिएको छ। सरकारले क्षतिग्रस्त निजी आवास भएका प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा नबसी आफ्नै व्यवस्थापनमा अस्थायी बसोबास गर्न चाहेमा आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। निर्णयअनुसार वैकल्पिक बसोबासको...
१८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने कालीगण्डकीको पुल

१८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने कालीगण्डकीको पुल

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
तनहुँ। कालीगण्डकी नदीमा आएको बाढीले पहुँचमार्ग बगाएपछि अवरुद्ध बनेको तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि पुनः सञ्चालनमा आएको छ। गत असोज ११ गते आएको बाढीले कालीगण्डकी नदीमाथि रहेको पुलको दुवैतर्फको पहुँच सडक बगाएपछि आवागमन ठप्प भएको थियो। अस्थायी पहुँचमार्ग निर्माण गरी मर्मत कार्य सम्पन्न गरिएसँगै बुधबारदेखि पुलमा सवारीसाधन सञ्चालनमा आएका हुन्। नवलपुरतर्फको अस्थायी पहुँचमार्ग गत साता नै निर्माण सम्पन्न भएको थियो भने तनहुँतर्फको सडक मर्मत कार्य बुधबार पूरा भएको हो। दुवैतर्फको पहुँचमार्ग निर्माण भएपछि पुलबाट सवारीसाधन आवतजावत गर्न थालेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिएका छन्। पुलको तनहुँतर्फको पहुँच सडक मर्मत कार्य सडक डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा स्याङ्जास्थित सिद्धबाबा निर्माण सेवाले युनिट रेट सम्झौत...