आजदेखि चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालन
Breaking News 1, Breaking News 2, अन्तर्वार्ता, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुरक्षा
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै: आजदेखि चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालन
काठमाडौं ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अब २९ दिन मात्र बाँकी रहँदा देशभर चुनावी सरगर्मी बढ्दै गएको छ। राजनीतिक दलहरूले मतदाता केन्द्रित कार्यक्रम र प्रचार–प्रसारलाई तीव्र बनाइरहेका छन्।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना २०८२ अनुसार आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालनमा आएका छन्।
सुरक्षा योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबीच समन्वय गर्दै संवेदनशील क्षेत्र पहिचान, सुरक्षा घेरा मजबुत बनाउने तथा सम्भावित जोखिम न्यूनीकरणमा विशेष ध्यान दिइने जनाइएको छ।
निर्वाचन आयोगसँगको सहकार्यमा मतदान केन्द्र, उम्मेदवार, चुनावी कार्यक्रम तथा...









