सरकारी नयाँ मस्यौदा निर्देशिका: सार्वजनिक सवारीमा जीपीएस जडान अनिवार्य बनाइने
काठमाडौं । सार्वजनिक सवारी साधनलाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले जीपीएस प्रणाली अनिवार्य गर्ने तयारी गरेको छ । अब सार्वजनिक सवारीका धनीहरूले आफ्ना सवारीमा जीपीएस उपकरण जडान गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको “सवारी साधनलाई प्रविधिजडित, सुरक्षित र यात्रीमैत्री बनाउने सम्बन्धी निर्देशिका, २०८२ (मस्यौदा)” मा यस्तो प्रावधान राखिएको हो ।
निर्देशिकाअनुसार जडान गरिने जीपीएस उपकरणको सुरक्षा र सञ्चालनको जिम्मेवारी चालक तथा परिचालक दुवैमा रहनेछ । आवश्यक प्राविधिक सहयोग सम्बन्धित निकायबाट उपलब्ध गराइने उल्लेख गरिएको छ ।
साथै, जीपीएस प्रणालीको प्रभावकारी अनुगमनका लागि नियन्त्रण केन्द्रसहितको विशेष प्रणाली स्थापना गरिनेछ । यसमार्फत सवारी साधनको वास्तविक समयको विवरण, मार्ग र अन्य डेटा संकलन तथा व्य...










