सरकारी नयाँ मस्यौदा निर्देशिका: सार्वजनिक सवारीमा जीपीएस जडान अनिवार्य बनाइने

काठमाडौं । सार्वजनिक सवारी साधनलाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले जीपीएस प्रणाली अनिवार्य गर्ने तयारी गरेको छ । अब सार्वजनिक सवारीका धनीहरूले आफ्ना सवारीमा जीपीएस उपकरण जडान गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको “सवारी साधनलाई प्रविधिजडित, सुरक्षित र यात्रीमैत्री बनाउने सम्बन्धी निर्देशिका, २०८२ (मस्यौदा)” मा यस्तो प्रावधान राखिएको हो ।

निर्देशिकाअनुसार जडान गरिने जीपीएस उपकरणको सुरक्षा र सञ्चालनको जिम्मेवारी चालक तथा परिचालक दुवैमा रहनेछ । आवश्यक प्राविधिक सहयोग सम्बन्धित निकायबाट उपलब्ध गराइने उल्लेख गरिएको छ ।

साथै, जीपीएस प्रणालीको प्रभावकारी अनुगमनका लागि नियन्त्रण केन्द्रसहितको विशेष प्रणाली स्थापना गरिनेछ । यसमार्फत सवारी साधनको वास्तविक समयको विवरण, मार्ग र अन्य डेटा संकलन तथा व्यवस्थापन गरिनेछ । सवारी धनी वा व्यवस्थापकले नियमित रूपमा आवश्यक जानकारी उपलब्ध गराउनुपर्नेछ ।

निर्देशिकाले जीपीएस उपकरणको मर्मत, सञ्चालन र नियमित अवस्थाबारे ध्यान दिनुपर्ने जिम्मेवारी पनि सवारी धनी, चालक र परिचालकलाई नै दिएको छ भने यसको अनुगमन सम्बन्धित कार्यालयले गर्नेछ ।

प्रस्तावित व्यवस्थाअनुसार जीपीएस प्रणालीमा भौगोलिक सीमाङ्कन (जियो–फेन्सिङ), अत्यधिक गति सचेतना, इग्निशन अन/अफ अलर्ट र सवारी मार्गको इतिहास हेर्न सकिने सुविधा अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...