मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन काठमाडौंमा हुने
काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौँ साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा आयोजना हुने भएको छ ।
महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै देशभरका मोबाइल व्यवसायीहरूको सहभागितामा महाधिवेशन गर्न लागिएको जानकारी दिएको हो ।
महासंघका अनुसार हाल सातै प्रदेश र ७० जिल्लामा शाखा विस्तार भइसकेको छ भने २७ हजार ४०० भन्दा बढी साधारण सदस्य आबद्ध रहेका छन् । महाधिवेशनमा सहभागी हुन देशभरबाट करिब १५ सय प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेको बताइएको छ ।
सुदूरपश्चिम, कर्णालीदेखि पूर्वी नेपालसम्मका प्रतिनिधिहरू राजधानी आइरहेका छन् । महाधिवेशनबाट ५५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरिने महासंघले जनाएको छ ।
विधानअनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, चार सचिवमध्ये एक महिला सचिव तथा सहकोषाध्यक्ष पदमा निर...









