बाढीपीडितको उद्धारमा टोखाको साथ, सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई टोखा नगरपालिकाले आवश्यक उद्धार सामग्री उपलब्ध गराएको छ।
भदौ २१ गते आइतबार टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले सशस्त्र प्रहरी बल नेपाल, १८ नं. गण बाघभैरवलाई डोरी, रेस्क्यु ब्याक बोर्ड, लाइफ बुय, पुलीलगायतका अत्यावश्यक उद्धार सामग्री हस्तान्तरण गरेका हुन्।
बाढी तथा अन्य जोखिमपूर्ण क्षेत्रमा फसेका नागरिकको खोजी, उद्धार र सुरक्षित स्थानान्तरणलाई थप प्रभावकारी बनाउन सामग्री सहयोग गरिएको नगरपालिकाले जनाएको छ।
भोटेकोशी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय उद्धार, खोजी तथा राहत कार्यमा निरन्तर परिचालित छन्। जोखिमपूर्ण क्षेत्रमा खटिएका उद्धार टोलीलाई आवश्यक उपकरणको अभाव हुन नदिन नगरपालिकाले आफ्नो तर्फबाट सहयोगलाई निरन्तरता दिएको जनाएको छ।
नगरप्रमुख अधिकारीले विपद्को स...








