
काठमाडौं । International Excellence Award 2026 बाट एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक कुमार भट्टराई सम्मानित भएका छन्।
विगत लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै समाज, संस्कृति, सनातन धर्म तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा पुर्याउँदै आएको योगदानको मूल्याङ्कन गर्दै भट्टराईलाई उक्त प्रतिष्ठित सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
विशेषगरी नेपालका विभिन्न स्थानमा रहेका मठ–मन्दिर, धार्मिक तथा सांस्कृतिक गतिविधिलाई निःस्वार्थ रूपमा सञ्चारमाध्यममार्फत उजागर गर्दै प्रचार–प्रसारमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई यो अवार्ड प्रदान गरिएको बताइएको छ।

सम्मान ग्रहण गर्दै भट्टराईले यो अवार्ड आफ्ना लागि व्यक्तिगत उपलब्धि मात्र नभई आगामी दिनमा अझ जिम्मेवार भएर सञ्चार क्षेत्रमा काम गर्ने प्रेरणा र हौसला भएको बताए। उनले सनातन धर्म, संस्कृति, धार्मिक सम्पदा तथा समाजका सकारात्मक पक्षलाई निरन्तर सञ्चारमाध्यममार्फत उजागर गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
International Excellence Award 2026 – Nepal and International Summit अन्तर्गत आयोजित विशेष समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल सरकारका सांसद, उद्यमी, कलाकार तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपालका पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (JSP) का अध्यक्ष उपेन्द्र यादव उपस्थित थिए। सोही अवसरमा यादवको हातबाट कुमार भट्टराईले प्रतिष्ठित International Excellence Award 2026 ग्रहण गरेका हुन्।
सञ्चार क्षेत्रमा निरन्तर सक्रिय रहँदै सामाजिक, धार्मिक तथा सांस्कृतिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका भट्टराईको यो सम्मानलाई उनको निरन्तर मेहनत, समर्पण र कर्मको सम्मानका रूपमा हेरिएको छ।