Day: October 5, 2026

प्रहरीले इनरुवाबाट २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

प्रहरीले इनरुवाबाट २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

Breaking News 1, Breaking News 2, कोशी प्रदेश, ताजा अपडेट, समाचार
सुनसरी । प्रहरीले इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकबाट २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख पुष्पराज मल्लका अनुसार गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ८३ वटा बोरामा प्याक गरिएको गाँजा बरामद गरिएको हो। बन्दागोभी बोकेको ट्रकमा लुकाएर गाँजा ओसारपसार भइरहेको अवस्थामा सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राई पक्राउ परेका हुन्। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको...