दक्षिण कोरियामा ज्यान गुमाएका धर्मराजको परिवारलाई २३ लाख रुपैयाँ आर्थिक सहायता
खोटाङ, असार १८। वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा मृत्यु भएका खोटेहाङ गाउँपालिका–१, लिकुवापोखरीका धर्मराज तामाङको परिवारले आर्थिक सहायता र बीमाबापत कुल २३ लाख रुपैयाँ प्राप्त गरेको छ।
खोटेहाङ गाउँपालिका अन्तर्गतको आप्रवासी स्रोत उपकेन्द्रका परामर्शकर्ता युवराज कालिकोटेका अनुसार परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायताबापत १० लाख रुपैयाँ र बीमाबापत १३ लाख रुपैयाँ प्राप्त गरेको हो।
धर्मराज २०८० मंसिर २६ गते वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका थिए। २०८२ मंसिर २२ गते उनी मृत अवस्थामा फेला परेका थिए। आफन्तका अनुसार उनी झुण्डिएको अवस्थामा भेटिएका थिए।
मृतकका परिवारले २०८२ पुस २४ गते आर्थिक सहायता तथा बीमाको रकम प्राप्त गर्न आप्रवासी स्रोत उपकेन्द्रमा निवेदन दिएका थिए। सोही दिन आवश्यक कागजात तयार गरी वैदेशिक रोजगार बोर्डमा सिफारिस गरिएको थियो। त्यसपछि असार १६ गते मृतकका परिव...















