समाचार

सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, स्वस्थ्य
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा आजदेखि निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। मन्त्रालय भवनको तल्लो तलामा स्थापना गरिएको उक्त इकाईमार्फत कर्मचारी तथा सेवाग्राहीले कार्यस्थलमै आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन्। निजामती कर्मचारीलाई सहज, छिटो र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा इकाई सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। यसबाट स्वास्थ्य सेवाका लागि अस्पतालसम्म पुग्नुपर्ने झन्झट कम हुने विश्वास गरिएको छ। मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न पनि मन्त्रालय परिसरमै सेवा इकाई स्थापना गरिएको हो। सेवा इकाईमार्फत कर्मचारी तथा सेवाग्राहीलाई स्वास्थ्य परीक्षण, रगत परीक्षणलगायत आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ्गे पुल ८५ दिनमै सम्पन्न भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मङ्गलबार आयोजित कार्यक्रममा पुलको उद्घाटन गरेका हुन्। उद्घाटनपछि सम्बोधन गर्दै साम्पाङले श्रमदानको संस्कृतिले असम्भव देखिएका कामसमेत सम्भव बनाउने बताउँदै पुलले स्थानीयको दैनिक आवतजावत सहज बनाउने विश्वास व्यक्त गरे। पुल सञ्चालनमा आएपछि काठादुम्लिङदेखि कञ्जु क्षेत्रसम्मको यात्रा सहज भएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। गत चैत २४ गते शिलान्यास गरिएको उक्त पुल साम्पाङको नेतृत्वमा सञ्चालन भएको श्रमदान अभियानअन्तर्गत निर्माण गरिएको हो। निर्माणमा ४०० भन्दा बढी स्वयंसेवीले प्रत्यक्ष श्रमदान गरेका थिए। अभियानमा संलग्न नवीन राईका अनुसार पुल निर्धारित समयमै निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो। ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। विगत केही वर्षदेखि टोखा नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क रूपमा बक्सिङ प्रशिक्षण प्रदान गर्दै आएको क्लबले आफ्नो प्रशिक्षण अभियानलाई अझ व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउने उद्देश्यका साथ औपचारिक उद्घाटन गरेको हो।   कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका–१० का वडा अध्यक्ष मचाकाजी महर्जनले क्लबले बालबालिका तथा युवामा खेलप्रतिको रुचि बढाउनुका साथै अनुशासन, आत्मविश्वास र स्वस्थ जीवनशैली विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो। उहाँले यस्ता सामाजिक तथा खेलकुदमूलक अभियानलाई वडा कार्यालयबाट आवश्यक सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। कार्यक्रममा टोखा बक्सिङ क्लबका अध्यक्ष डा. टेकबहादुर थापा,...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार मुख्यमन्त्री शाहलाई पाँच सय रुपैयाँ जरिवाना गरिएको छ। मुख्यमन्त्री शाहले हेलमेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसकै आधारमा ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो। कार्यालयका प्रमुख रेशम आचार्य नेतृत्वको ट्राफिक प्रहरी टोली मुख्यमन्त्री शाहको निवासमै पुगेर ट्राफिक नियम उल्लंघन गरेको भन्दै जरिवानाको चिट जारी गरेको जनाएको छ।...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै रोकेको छ। लामो समयदेखि माइतीघर मण्डलामा धर्नामा बसेका दृष्टिविहीनहरू बिहीबार (असार १८) सिंहदरबारतर्फ मार्चपास गर्ने तयारीमा थिए। तर, प्रहरीले उनीहरूलाई अघि बढ्न नदिई बीचबाटै फर्काएको हो। आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन उनीहरूले सिंहदरबार घेराउको कार्यक्रम घोषणा गरेका थिए। सडकपेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक पेशा अपनाउँदै आएका दृष्टिविहीनहरूले सरकारले आफ्नो व्यवसाय गर्न अवरोध गरेको आरोप लगाउँदै ११ दिनदेखि निरन्तर धर्ना दिँदै आएका छन्। उनीहरूको मुख्य मागमा दृष्टिविहीनको सम्मानजनक व्यवस्थापन, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको सुनिश्चितता, त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेशालाई निर्बाध रूपमा सञ्चालन गर्न...
अमेरिका पार्सल गर्न लागिएको सुनचाँदीका गहनासहित दुई जना पक्राउ

अमेरिका पार्सल गर्न लागिएको सुनचाँदीका गहनासहित दुई जना पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा कार्यालयले सुन तथा चाँदीका गरगहनासहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। कार्यालयका अनुसार असार १६ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो कम्प्लेक्समा Manifest No. AMS AP 321 अन्तर्गत जुत्ता, पाइन्ट, साडी तथा अन्य कपडा रहेको उल्लेख गरिएको कार्गो पार्सलको एक्स–रे परीक्षण गरिएको थियो। परीक्षणका क्रममा पार्सल शंकास्पद देखिएपछि खोल्दा विभिन्न प्रकारका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना फेला परेको भन्सार सुरक्षा कार्यालयले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट उक्त पार्सल झापास्थित युनिक कार्गो (Unique Cargo) ले एपेक्स लजिस्टिक प्रालि (Apex Logistic Pvt. Ltd.) मार्फत काठमाडौंबाट संयुक्त राज्य अमेरिका पठाउने तयारी गरेको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुव...
एएसआई थमन बीके हत्या प्रकरण : पूर्वसांसद महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

एएसआई थमन बीके हत्या प्रकरण : पूर्वसांसद महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
जनकपुरधाम। प्रहरी सहायक निरीक्षक (एएसआई) थमन बीके हत्या प्रकरणमा लक्ष्मी महतो कोइरी र निलम्बित अभिराम शर्मासहित ६ जनालाई पाँच वर्ष कैद तथा तीन जनालाई जन्मकैदको सजाय सुनाइएको छ। जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्वसांसद महतो, प्रदेशसभा सदस्य शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कपरलाई पाँच–पाँच वर्ष कैद सजाय सुनाएको हो। यस्तै, यही घटनामा प्रतिवादी प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी कसुरअन्तर्गत जन्मकैदको सजाय हुने फैसला गरिएको अदालतका सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिएका छन्। यसअघि महोत्तरी जिल्ला अदालतले २०८१ कात्तिक ११ गते प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई जन्मकैदको सजाय सुनाएको थियो भने पूर्वसांसद महतो र पवन कपरला...
दक्षिण कोरियामा ज्यान गुमाएका धर्मराजको परिवारलाई २३ लाख रुपैयाँ आर्थिक सहायता

दक्षिण कोरियामा ज्यान गुमाएका धर्मराजको परिवारलाई २३ लाख रुपैयाँ आर्थिक सहायता

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
खोटाङ, असार १८। वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा मृत्यु भएका खोटेहाङ गाउँपालिका–१, लिकुवापोखरीका धर्मराज तामाङको परिवारले आर्थिक सहायता र बीमाबापत कुल २३ लाख रुपैयाँ प्राप्त गरेको छ। खोटेहाङ गाउँपालिका अन्तर्गतको आप्रवासी स्रोत उपकेन्द्रका परामर्शकर्ता युवराज कालिकोटेका अनुसार परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायताबापत १० लाख रुपैयाँ र बीमाबापत १३ लाख रुपैयाँ प्राप्त गरेको हो। धर्मराज २०८० मंसिर २६ गते वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका थिए। २०८२ मंसिर २२ गते उनी मृत अवस्थामा फेला परेका थिए। आफन्तका अनुसार उनी झुण्डिएको अवस्थामा भेटिएका थिए। मृतकका परिवारले २०८२ पुस २४ गते आर्थिक सहायता तथा बीमाको रकम प्राप्त गर्न आप्रवासी स्रोत उपकेन्द्रमा निवेदन दिएका थिए। सोही दिन आवश्यक कागजात तयार गरी वैदेशिक रोजगार बोर्डमा सिफारिस गरिएको थियो। त्यसपछि असार १६ गते मृतकका परिव...
थापाको नियुक्तिप्रति एमाले महासचिव पोखरेलको व्यङ्ग्य : ‘जान्नेलाई छान्ने तरिका गजबको रहेछ’

थापाको नियुक्तिप्रति एमाले महासचिव पोखरेलको व्यङ्ग्य : ‘जान्नेलाई छान्ने तरिका गजबको रहेछ’

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले हालै गरेका नियुक्ति प्रक्रिया र राजनीतिक निर्णयप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न उठाएका हुन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन शाहले बुधबार नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नियुक्त गरेपछि पोखरेलले उक्त प्रतिक्रिया दिएका हुन्। पोखरेलले काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनमा बालेन शाहसँग प्रतिस्पर्धा गरेका व्यक्तिलाई अध्यादेशमार्फत पद रिक्त गराई सोही पदमा नियुक्त गरिएको भन्दै सरकारको दोहोरो चरित्र उजागर भएको टिप्पणी गरेका छन्। उनले विश्वविद्यालयलाई राजनीतीकरणमुक्त बनाउने नाममा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको...
रास्वपाको केन्द्रीय समितिमा पुराना दलबाट आएका नेताको वर्चस्व, रवि–बालेन–विवेकशील समूह अल्पमतमा

रास्वपाको केन्द्रीय समितिमा पुराना दलबाट आएका नेताको वर्चस्व, रवि–बालेन–विवेकशील समूह अल्पमतमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। निर्वाचित केन्द्रीय सदस्यहरूको समूहगत अवस्थाअनुसार रवि लामिछाने निकट ३४ जना, बालेन समूहका २५ जना, विवेकशील साझाबाट आएका ३ जना तथा अन्य समूहका ३८ जना निर्वाचित भएका छन्। रास्वपाको विधानअनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। जसमा सभापतिसहित ९९ जना महाधिवेशनबाट निर्वाचित, ५१ जना सभापतिबाट मनोनीत तथा सातै प्रदेशका अध्यक्ष पदेन सदस्य रहने प्रावधान छ। महाधिवेशनबाट दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री समेत निर्वाचित भएका छन्। अन्य पदाधिकारी भने विधानबमोजिम सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।...