नवरात्रको नवौँ दिन आज, दोहोर्याइँदै महाअष्टमीका कर्म; हनुमानढोकामा राति कालरात्रि पूजा
काठमाडौँ । यस वर्ष तिथि वृद्धि भएर दुई दिन अष्टमी परेकाले नवरात्रको नवौँ दिन पनि महाअष्टमीका धार्मिक कर्म दोहोर्याउन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आग्रह गरेको छ।
समितिबाट स्वीकृत पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। त्यसैले कात्तिक २ गते पनि दशैँघर वा पूजाकोठामा नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा–आराधनासहित अष्टमीका अन्य धार्मिक विधि दोहोर्याउनुपर्ने धर्मशास्त्रविद्हरूले बताएका छन्।
यद्यपि, अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गतेकै राति गर्नुपर्ने पात्रोमा उल्लेख छ। अष्टमी तिथि दुई दिन परेकाले यस वर्ष नवरात्र दस रातसम्म मनाइने भएको छ। यससँगै विजयादशमीमा लगाइने टीकामा दस रातका जमरा प्रयोग गरिनेछ।
हनुमानढोकामा सोमबार राति कालरात्रि पूजा
हनुमानढोका दरबारमा राज्यका तर्फबाट गरिने कालरात्रि पूजा भने परम्पराअनुसार कात्तिक २ गते ...















