टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य
काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। विगत केही वर्षदेखि टोखा नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क रूपमा बक्सिङ प्रशिक्षण प्रदान गर्दै आएको क्लबले आफ्नो प्रशिक्षण अभियानलाई अझ व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउने उद्देश्यका साथ औपचारिक उद्घाटन गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका–१० का वडा अध्यक्ष मचाकाजी महर्जनले क्लबले बालबालिका तथा युवामा खेलप्रतिको रुचि बढाउनुका साथै अनुशासन, आत्मविश्वास र स्वस्थ जीवनशैली विकासमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो। उहाँले यस्ता सामाजिक तथा खेलकुदमूलक अभियानलाई वडा कार्यालयबाट आवश्यक सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा टोखा बक्सिङ क्लबका अध्यक्ष डा. टेकबहादुर थापा,...















