१५६ स्थानको मतगणना सम्पन्न: रास्वपाका १२० उम्मेदवार विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता कायम गरेको छ। हालसम्म सार्वजनिक नतिजाअनुसार रास्वपाका १२० उम्मेदवार विजयी भएका छन्।
आज साँझ ५ बजेसम्मको मतपरिणामअनुसार रास्वपाका उम्मेदवारहरू थप ६ निर्वाचन क्षेत्रमा अग्रतामा रहेका छन्।
निर्वाचन आयोगका अनुसार हालसम्म १५६ स्थानको मतगणना सार्वजनिक भइसकेको छ। तीमध्ये नेपाली कांग्रेसले १७ क्षेत्रमा विजय हासिल गरेको छ। नेकपा (एमाले) ले ७ स्थानमा जित हासिल गरेको छ भने थप ३ स्थानमा अग्रता कायम गरेको छ।
यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट हालसम्म ७ उम्मेदवार विजयी भएका छन्। श्रम संस्कृति पार्टीका ३ जना उम्मेदवार विजयी भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार १–१ स्थानमा विजयी भएका छन्।
समानुपातिकतर्फ
प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन...















