सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए
रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिएको बताएका छन्। 😥
उद्धारपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार गराएका साह शुक्रबार डिस्चार्ज भएका छन्। उनले सुरुङभित्र खानेकुरा नभए पनि हावा पर्याप्त रहेको, तर पानी पिउनका लागि भने निकै कठिन अवस्था झेल्नुपरेको बताएका छन्।
साहले बाँच्नका लागि उपलब्ध पानीलाई आफ्नै कपडाले छानेर पिउनुपरेको र उक्त पानीमा मोबिल मिसिएको जस्तो रहेको बताएका छन्। उनले सुरुङभित्र बिताएका १० दिन निकै कष्टपूर्ण र चुनौतीपूर्ण रहेको अनुभव सुनाएका छन्।
सप्तरीका साह माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत थिए। उनले उद्धारपछि बिबिसी न्युज नेपालीसँग कुराकानी गर्दै सुरुङभित्रको आफ्नो संघर्ष र बाँच्न गरेको प्रयासबारे जानकारी दिएका...















