झापामा ‘स्वीप अपरेसन’ : ९२ जना नियन्त्रणमा, खैरो हेरोइन र गाँजा बरामद
भद्रपुर (झापा) । झापामा प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’का क्रममा ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त टोलीले सोमबार र मंगलबार जिल्लाका विभिन्न शंकास्पद स्थानमा अपरेसन सञ्चालन गरेको थियो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये ७९ पुरुष र ४ महिला गरी ८३ जना लागुऔषध सेवनकर्ता तथा ९ जना लागुऔषध कारोबारी रहेका छन्। अपरेसनका क्रममा पक्राउ परेकाहरूको साथबाट ३८ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा ३ ग्राम ९०० मिलिग्राम गाँजा बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले मुख्य कारोबारीका रूपमा दमक नगरपालिका–३ का २७ वर्षीय विकास भुजेल र भद्रपुर नगरपालिका–७ की ३० व...















