आजको विशेष

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिएको बताएका छन्। 😥 उद्धारपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार गराएका साह शुक्रबार डिस्चार्ज भएका छन्। उनले सुरुङभित्र खानेकुरा नभए पनि हावा पर्याप्त रहेको, तर पानी पिउनका लागि भने निकै कठिन अवस्था झेल्नुपरेको बताएका छन्। साहले बाँच्नका लागि उपलब्ध पानीलाई आफ्नै कपडाले छानेर पिउनुपरेको र उक्त पानीमा मोबिल मिसिएको जस्तो रहेको बताएका छन्। उनले सुरुङभित्र बिताएका १० दिन निकै कष्टपूर्ण र चुनौतीपूर्ण रहेको अनुभव सुनाएका छन्। सप्तरीका साह माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत थिए। उनले उद्धारपछि बिबिसी न्युज नेपालीसँग कुराकानी गर्दै सुरुङभित्रको आफ्नो संघर्ष र बाँच्न गरेको प्रयासबारे जानकारी दिएका...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, समाचार
आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार आज विधिपूर्वक उखेलिएको कुश वर्षभरि पूजा, धार्मिक अनुष्ठान तथा पितृकार्यमा प्रयोग गर्न सकिन्छ। कुशलाई पवित्र वनस्पतिका रूपमा सनातन धर्ममा विशेष महत्त्व दिइन्छ। कुशेऔँसीलाई बुवाप्रति सम्मान र श्रद्धा व्यक्त गर्ने दिनका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले जीवित बुवालाई मनपर्ने मिठाइ तथा भोजन खुवाएर सम्मान गर्दै आशीर्वाद लिने गर्छन्। बुवा दिवङ्गत भइसकेकाहरूले भने उहाँको सम्झनामा तर्पण, पिण्डदान, श्राद्ध तथा सिदादान गर्ने परम्परा रहेको छ। कुशेऔँसीका अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरलगायत विभिन्न तीर्थस्थलमा श्रद्धालुको भीड लाग्ने गर्छ। विशेषगरी गोकर्णमा दिवङ्गत पितृको नाममा तर्पण तथा पिण्...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, समाचार
नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि नुवाकोट–धादिङ तथा रसुवागढीसम्मको महत्वपूर्ण सडक सम्पर्क प्रभावित भएको थियो। पुल बगेपछि स्थानीयवासी तथा यात्रुलाई आवतजावतमा ठूलो समस्या भएपछि सरकारले देवीघाटमा तत्काल वैकल्पिक पुल निर्माणलाई प्राथमिकतामा राख्यो। नेपाली सेनाले दिनरात खटिएर पाँच दिनमै ५७.९ मिटर लामो एक्रोब्रिज निर्माण गरी सञ्चालनमा ल्याएको हो। बिहीबार बेलुकादेखि पुलबाट सबै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्। पुल सञ्चालनमा आएपछि बाढी प्रभावित क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको छ। बेलकोटगढी–८ का स्थानीय सौगात पुडासैनीले पुल नहुँदा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने र घर पुग्न दुई–तीन घण्टा लाग्ने गरेकोमा अहिले करिब २५ मिनेटमै पुग्न सकिने अवस्था बनेको बताए। त्यस्तै, स्थानीय मनोज तामाङले पन...
राजीनामापछि रुँदै मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव

राजीनामापछि रुँदै मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
इन्धन आपूर्ति सहज बनाउन नसकेको तथा उद्योगीलाई ‘पाता कस्ने’ अभिव्यक्ति दिएपछि विवादमा परेकी उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रुँदै मन्त्रालयबाट बाहिरिएकी छन्। राजीनामा दिएलगत्तै मन्त्रालयबाट बाहिरिएकी यादव आँखाभरि आँसु लिएर निस्किएकी थिइन्। मन्त्रालय परिसरमा रहेका सञ्चारकर्मीले प्रश्न गरे पनि उनले कुनै प्रतिक्रिया नदिई त्यहाँबाट बाहिरिएकी छन्। तत्कालीन श्रममन्त्री दीपक साह विवादमा परेपछि राजीनामा दिएसँगै रिक्त रहेको स्थानमा मन्त्रालय साटफेर गरी यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको थियो। तर, इन्धन आपूर्ति व्यवस्थापन तथा उद्योगीसम्बन्धी अभिव्यक्तिलाई लिएर उनी पनि पछिल्लो समय विवादमा परिन्। अन्ततः राजीनामा दिएर उनी मन्त्रालयबाट बाहिरिएकी छन्।...
७ सय रुपैयाँ अभावमा सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपरेको भन्दै स्वास्थ्य मन्त्रीको जवाफ माग

७ सय रुपैयाँ अभावमा सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपरेको भन्दै स्वास्थ्य मन्त्रीको जवाफ माग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण एक सुत्केरी महिलाले अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कर्णले राजविराज–१४, प्रसाईं टोलका हरेराम पासवानकी श्रीमती बबिता पासवान प्रसव पीडामा अस्पताल पुगेको र अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँको बिल तिर्न भनेको दाबी गरे। परिवारसँग २ हजार ५ सय रुपैयाँ मात्र रहेकाले ७ सय रुपैयाँ अपुग भएपछि उपचारमा आनाकानी गरिएको र अन्ततः उनले अस्पतालबाहिरै शिशुलाई जन्म दिनुपरेको उनले बताए। सांसद कर्णले घटनाले गरिब, विपन्न तथा दलित समुदायका महिलाको स्वास्थ्य सेवामा पहुँचको अवस्थामाथि गम्भीर प्रश्न उठाएको भन्दै स्वास्थ्य मन्त्रीसँग जवाफ माग गरेका छन्।...
कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढ्यो

कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढ्यो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। मुख्य सडकबाट आवागमन प्रभावित भएपछि काठमाडौँ आउने–जाने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिँदा पछिल्लो एक सातादेखि हेटौँडा–काठमाडौँ सडकमा चाप बढेको हो। सवारी चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि साना तथा ठूला सवारीसाधनका लागि काठमाडौँ–हेटौँडा आवतजावतमा छुट्टाछुट्टै रुट निर्धारण गरेको छ। १० चक्कासम्मका मालवाहक सवारीसाधन काठमाडौँतर्फ आउँदा त्रिभुवन राजपथ र फर्कँदा कान्ति राजमार्ग प्रयोग गरिरहेका छन्। हेटौँडाबाट काठमाडौँतर्फ जाने १४ सिटभन्दा कम क्षमताका सवारीसाधनलाई भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जाने रुट तोकिएको छ। त्यस्तै, काठमाडौँबाट हेटौँडातर्फ जाने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्गबाट सञ्चालन भइरहेक...
भम्लु खोलामा सुक्खा पहिरो खस्दा कर्णाली राजमार्ग पुनः अवरुद्ध

भम्लु खोलामा सुक्खा पहिरो खस्दा कर्णाली राजमार्ग पुनः अवरुद्ध

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार
कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। दैलेखको दुल्लु नगरपालिका–१ स्थित भम्लु खोलामा गएराति माथिबाट सुक्खा पहिरो खसेपछि सुर्खेत–जुम्ला सडकखण्डमा यातायात सेवा प्रभावित भएको हो। यसअघि कालीकोटको पिली, शुभकालिका गाउँपालिकास्थित गगने खोला र एस मोडमा खसेको पहिरो पन्छाएर मंगलबार दिउँसोदेखि राजमार्ग सञ्चालनमा ल्याइएको थियो। तर, दैलेखको भम्लु खोलामा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। पहिरोका कारण सडकमा रोकिएका सवारीसाधन तथा यात्रुलाई आवागमनमा समस्या भएको छ। सडक डिभिजन कार्यालय सुर्खेतसँग समन्वय गरी पहिरो हटाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा हुम्ला, मुगु, जुम्ला र कालीकोटबाट सुर्खेत, नेपालगन्ज तथा काठमाडौं जाने यात्रुहरू प्रभावित भएका छन्।...
भिडियो बनाउने क्रममा महाकाली नदीमा खसिन् किशोरी

भिडियो बनाउने क्रममा महाकाली नदीमा खसिन् किशोरी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
कञ्चनपुर । कञ्चनपुरमा भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा खसेर बेपत्ता भएकी छन्। दोधारा–चाँदनी नगरपालिका–१०, खड्खदेनजिक भिडियो खिच्ने क्रममा १५ वर्षीया सृष्टि सुनार महाकाली नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। किशोरी नदीमा खसेको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्यमा जुटेको छ। उनको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ। किशोरी नदीमा खसेको दृश्यसमेत भिडियोमा कैद भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
सोना सिमेन्ट र शुभम् हेल्थ केयरद्वारा १ करोड ५ लाख ९१ हजार राहत सहयोग

सोना सिमेन्ट र शुभम् हेल्थ केयरद्वारा १ करोड ५ लाख ९१ हजार राहत सहयोग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, समाचार
काठमाडौं । बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (सोना सिमेन्ट) र शुभम् हेल्थ केयर प्रोडक्ट्सले संयुक्त रूपमा १ करोड ५ लाख ९१ हजार रुपैयाँ सहयोग गरेका छन्। सोनापुर मिनरल्सका प्रबन्ध निर्देशक निपेश तायलसहितको टोलीले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो। सहयोगअन्तर्गत सोना सिमेन्टले CSR मार्फत ५१ लाख रुपैयाँ, कम्पनीका कर्मचारीहरूले एक दिनको तलबबाट ४ लाख ९१ हजार रुपैयाँ तथा शुभम् हेल्थ केयर प्रोडक्ट्सले ५० लाख रुपैयाँ प्रदान गरेका छन्। रकम हस्तान्तरण गर्दै प्रबन्ध निर्देशक तायलले विपद्को कठिन अवस्थामा सरकारसँग सहकार्य गर्दै प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको बताए। सहयोग ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले विपद्को समयमा निजी क्षेत्रबाट प्राप्त सहयोगले राहत तथा पु...
बाढीपीडितको उद्धारमा टोखाको साथ, सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

बाढीपीडितको उद्धारमा टोखाको साथ, सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई टोखा नगरपालिकाले आवश्यक उद्धार सामग्री उपलब्ध गराएको छ। भदौ २१ गते आइतबार टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले सशस्त्र प्रहरी बल नेपाल, १८ नं. गण बाघभैरवलाई डोरी, रेस्क्यु ब्याक बोर्ड, लाइफ बुय, पुलीलगायतका अत्यावश्यक उद्धार सामग्री हस्तान्तरण गरेका हुन्। बाढी तथा अन्य जोखिमपूर्ण क्षेत्रमा फसेका नागरिकको खोजी, उद्धार र सुरक्षित स्थानान्तरणलाई थप प्रभावकारी बनाउन सामग्री सहयोग गरिएको नगरपालिकाले जनाएको छ। भोटेकोशी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय उद्धार, खोजी तथा राहत कार्यमा निरन्तर परिचालित छन्। जोखिमपूर्ण क्षेत्रमा खटिएका उद्धार टोलीलाई आवश्यक उपकरणको अभाव हुन नदिन नगरपालिकाले आफ्नो तर्फबाट सहयोगलाई निरन्तरता दिएको जनाएको छ। नगरप्रमुख अधिकारीले विपद्को स...