नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै
काठमाडौं। नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गाका पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन माता स्कन्दमाताको पूजा गरी भक्तजनले सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्ने धार्मिक परम्परा छ।
पौराणिक मान्यताअनुसार माता स्कन्दमाता भगवान् स्कन्द अर्थात् कार्तिकेयकी माता हुन्। माता स्कन्दमातालाई मातृत्व, करुणा र शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ। उहाँको स्वरूप कमलको आसनमा विराजमान तथा काखमा बालक स्कन्दलाई धारण गरेको रूपमा वर्णन गरिएको पाइन्छ।
धार्मिक ग्रन्थहरूमा स्कन्दमातासम्बन्धी विभिन्न प्रसङ्ग उल्लेख गरिएका छन्। स्कन्दमाताको नाम र स्वरूपबारे प्रचलित मान्यताअनुसार भगवान् शिव र पार्वतीका पुत्र स्कन्दको माता भएकाले पार्वतीलाई स्कन्दमाता भनिएको हो। देवीका नौ स्वरूपमध्ये स्कन्दमाताको पूजा नवरात्रको पा...















