Day: May 18, 2026

मालपोत कार्यालयका नासुविरुद्ध २ लाख घुस लिएको आरोपमा मुद्दा दायर

मालपोत कार्यालयका नासुविरुद्ध २ लाख घुस लिएको आरोपमा मुद्दा दायर

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा मालपोत कार्यालय भैरहवाका एक नायब सुब्बाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार ओमबहादुर खाम्चा ले सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिएको आरोपमा सोमबार मुद्दा दायर गरिएको हो । उनी मालपोत कार्यालय भैरहवा मा कार्यरत थिए । अख्तियारका प्रवक्ता सुरेश न्यौपाने का अनुसार जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रकम लिइसकेको अवस्थामा खाम्चालाई नियन्त्रणमा लिइएको थियो । अनुसन्धानका क्रममा जीर्ण स्रेस्ता कायम गर्ने तथा जग्गा नामसारी दाखिला गरिदिने कामका लागि सेवाग्राहीसँग मोलमोलाइ गरी २ लाख रुपैयाँ लिएको पुष्टि भएको आयोगले जनाएको छ । उक्त घटनामा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर गरेको ठहर गर्दै आयोगले २ लाख रुपैयाँ बिगो कायम गरी कैद सजायसमेत मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दाय...
खेतीको मुख्य समयमा मल–बीउ अभाव, किसान निराश : सांसद लामिछाने

खेतीको मुख्य समयमा मल–बीउ अभाव, किसान निराश : सांसद लामिछाने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । प्रतिनिधिसभाका सांसद अचुतम लामिछानेले खेतीपातीको मुख्य समयमा किसानहरूले मल, बीउ–बिजन तथा कृषि औजारको अभाव झेल्नुपरेको बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले आवश्यक कृषि सामग्री समयमै उपलब्ध नहुँदा उत्पादनमा गिरावट आउने खतरा बढेको बताए । उनले कृषि क्षेत्रप्रति राज्य गम्भीर नबन्दा किसानहरू निराश बन्दै गएको उल्लेख गरे । उनले भने, “खेती गर्ने महत्वपूर्ण समयमा किसानले मल, बीउ–बिजन र आवश्यक कृषि औजारसमेत सहज रूपमा पाउन सकेका छैनन् । समयमै मल नपाउँदा उत्पादन घट्ने जोखिम बढेको छ । यसले कृषि पेशा नै संकटतर्फ धकेलिरहेको छ ।” सांसद लामिछानेले किसानले आफ्नै खेतमा उत्पादन गरेका कृषि उपज बजारसम्म पु¥याउनसमेत अनेक कठिनाइ भोग्नुपरेको बताए । उनले किसानको श्रम, योगदान र उत्पादनको उचित सम्मान गर्दै कृषि क्षेत्रको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।...
स्कटल्याण्डविरुद्ध नेपाललाई १९५ रनको सामान्य लक्ष्य

स्कटल्याण्डविरुद्ध नेपाललाई १९५ रनको सामान्य लक्ष्य

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं– International Cricket Council क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल जारी रहेको छ । कीर्तिपुरस्थित Tribhuvan University International Cricket Ground मा भइरहेको खेलमा स्कटल्याण्डले नेपालसामु १९५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालको अनुशासित र कसिलो बलिङसामु स्कटल्याण्ड टिक्न नसक्दा टोली ३९.१ ओभरमै अलआउट हुँदै १९४ रनमा समेटिएको हो । नेपालका लागि Lalit Rajbanshi ले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए भने Sandeep Lamichhane ले तीन विकेट हात पारे । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले सुरुआत राम्रो बनाउन नसक्दा लगातार विकेट गुमाएको थियो । नेपाली बलरहरूले सुरुदेखि नै दबाब बनाएका कारण स्कटिश ब्याटरहरू खुलेर खेल्न सकेनन् । आजको खेलमा नेपालको प्लेइङ–११ मा कुनै परिवर्तन गरिएको छैन । टोलीमा कुशल भुर्तेल, आशीफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, इ...
सन्दीप लामिछानेको विश्व कीर्तिमान, ७३ खेलमै १५० विकेट पूरा

सन्दीप लामिछानेको विश्व कीर्तिमान, ७३ खेलमै १५० विकेट पूरा

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । नेपाली लेग स्पिनर Sandeep Lamichhane ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । स्कटल्यान्डविरुद्ध जारी खेलमा दुई विकेट लिएसँगै सन्दीपले एकदिवसीय क्रिकेटमा १५० विकेट पूरा गरेका हुन् । उनले यो उपलब्धि केवल ७३ खेलमै हासिल गर्दै सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड आफ्नो नाममा लेखाएका छन् । यसअघि उक्त कीर्तिमान अष्ट्रेलियाका Mitchell Starc को नाममा रहेको थियो । स्टार्कले ७७ एकदिवसीय खेलमा १५० विकेट पूरा गरेका थिए । सन्दीपले स्कटल्यान्डका ब्याटर ब्रान्डेन म्याकमुलनलाई आउट गर्दै आफ्नो १५०औँ विकेट पूरा गरेका हुन् । नेपाली क्रिकेटका लागि यो उपलब्धिलाई ऐतिहासिक मानिएको छ ।...
सुकुम्बासी ‘होल्डिङ सेन्टर’को संसदीय अनुगमन, व्यवस्थापनबारे चासो

सुकुम्बासी ‘होल्डिङ सेन्टर’को संसदीय अनुगमन, व्यवस्थापनबारे चासो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, विचार, समाचार
काठमाडौं । सुकुम्बासीका लागि निर्माण गरिएको ‘होल्डिङ सेन्टर’को अवस्था तथा व्यवस्थापनबारे जानकारी लिन संसदीय टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीले त्यहाँ बसोबास गरिरहेका परिवारको अवस्था, खानेपानी, स्वास्थ्य, सरसफाइ तथा अन्य आधारभूत सुविधाबारे जानकारी लिएको थियो । टोलीका सदस्यहरूले प्रभावित नागरिकसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूको समस्या र आवश्यकताका विषयमा समेत चासो व्यक्त गरेका छन् । संसदीय टोलीले होल्डिङ सेन्टरको व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक सुझावसमेत दिएको जनाएको छ । साथै सुकुम्बासीको दीर्घकालीन व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्ने धारणा टोलीले राखेको छ ।...