रावणले रुद्री लगाएको रुद्रेश्वर महादेवको यस्तो छ रहस्य ?

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ र १३ को क्षेत्रमा अवस्थित रुद्रेश्वर महादेव मन्दिर धार्मिक तथा ऐतिहासिक महत्व बोकेको स्थलका रूपमा परिचित छ। स्थानीय धार्मिक मान्यताअनुसार यस मन्दिरसँग भगवान् शिव, सतीदेवी र रावणसँग जोडिएका विभिन्न किंवदन्तीहरू प्रचलित छन्।

धार्मिक कथनअनुसार, रावणले रुद्री लगाएर पूजा–आराधना गरेको कारण ले यस लाई रुद्रेश्वर महादेव को नामाकरण भएको बताइन्छ। भक्तजनहरूका अनुसार यहाँ भगवान् शिवको आराधना गर्दा मनोकामना पूरा हुने तथा आध्यात्मिक शान्ति प्राप्त हुने विश्वास रहँदै आएको छ।

त्यसैगरी, सतीदेवीको दाहिने घुँडा पतन भएको स्थानका रूपमा समेत रुद्रेश्वर क्षेत्रलाई जोडेर धार्मिक मान्यता रहेको बताइन्छ। यही धार्मिक विश्वाससँग जोडेर यहाँ रुद्रेश्वर महादेवको उत्पत्ति भएको जनश्रुति पाइन्छ।

रुद्रेश्वर महादेव मन्दिरको अर्को विशेषता भनेको मन्दिर को पछाडी पति साक्षात् कैलाश पर्वतको प्रतीकात्मक उपस्थिति रहेको धार्मिक विश्वास हो। यस कारण पनि यो स्थललाई शिवभक्तहरूका लागि विशेष आस्थाको केन्द्रका रूपमा लिने गरिएको छ।

स्थानीय धार्मिक परम्परा तथा स्वस्थानी व्रतकथासँग जोडिएका प्रसङ्गहरूमा समेत यस क्षेत्रको धार्मिक महत्व उल्लेख भएको विश्वास गरिन्छ। पुस्तौँदेखि चलिआएको जनश्रुति, धार्मिक कथा र स्थानीय विश्वासले रुद्रेश्वर महादेवलाई काठमाडौं उपत्यकाको महत्वपूर्ण शिवस्थलका रूपमा स्थापित गरेको छ।

प्राचीन धार्मिक मान्यता, स्थानीय किंवदन्ती र ऐतिहासिक पक्षसँग जोडिएको यस मन्दिरमा विभिन्न समयमा भक्तजनहरू दर्शन तथा पूजाआजाका लागि पुग्ने गरेका छन्। धार्मिक आस्थाका साथै यस क्षेत्रको मौलिक संस्कृति र परम्पराको संरक्षणका दृष्टिले पनि रुद्रेश्वर महादेव मन्दिर महत्वपूर्ण सम्पदाका रूपमा रहेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...