पानी माग्दै हर्क साम्पाङको ‘सिंहदरबार यात्रा’

काठमाडौं । सिंहदरबारसँग जुधिरहने धरान उपमहानगरका मेयर हर्क साम्पाङ यतिखेर पानी माग्दै सिंहदरबारमा छन् । मंगलबार बिहान उनी रित्तो गाग्री बोकेर सिंहदरबारको ढोकामा पुगे ।

प्रहरीले रित्तो गाग्री सिंहदरबार छिराउन नदिए पनि काकाकुल धरानको प्यास मेटिने आस बोकेर उनी सिंहदरबार छिरे । उनको माग छ, “कोसीको पानी तानेर धरानसम्म पुर्‍याउनुपर्ने ।”

कोसीको पानी तानेर धरानसम्म पुर्‍याउनुपर्ने माग बोकेर साम्पाङले सिंहदरबारका कोठा–चोटा चाहरे । सिंहदरबारमा उनले सबैभन्दा पहिले खानेपानीमन्त्री प्रदीप यादवलाई भेटे । मन्त्रालयको ढोकाअगाडि ‘नो पाकिङ’ लेखिएको फुटपाथमा गाडी रोखेर साम्पाङ मन्त्रालय छिरे ।

त्यसपछि उनी अर्थमन्त्री विष्णु पौडेललाई भेट्न अर्थ मन्त्रालय छिरे । त्यहाँबाट उनी प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री कार्यालयमा लागे । दुई घण्टा पर्खिदा पनि प्रधामन्त्रीले साम्पाङलाई भेट दिएनन् ।

प्रधानमन्त्रीलाई नभेटिकनै बाहिर आएपछि साम्पाङले भने, “प्रधानमन्त्रीले भेट्न मान्नु भएन । रित्तो गाग्री बोकेर आएको भनेर उहाँ रिसाउनु भयो होला ।”

धरानलाई पानी खुवाउने वाचा गरेरै साम्पाङ मेयर निर्वाचित भएका हुन् । ८ जेठ २०७९ मा मेयर निर्वाचित भएलगत्तै साम्पाङले धरान आसपासका खोलाबाट धरानसम्म पानी ल्याउने अभियान चलाए ।

कोकाहा, सर्दु, खर्दु, निशाने र भालुखोलाबाट साम्पाङले धरान बजारसम्म पानी ल्याए । यो पानी ल्याउन उनले ‘श्रमदान’ अभियान चलाए । सक्नेले श्रमदान गरे नसक्नेले चन्दा दान गरे ।

उपमहानगरको नेतृत्वकर्ताले नै सरकारी प्रक्रियामा नगईकन व्यक्तिगत तबरमा खोलाखोल्सीबाट पानी ल्याएपछि उनको आलोचना पनि भयो । आलोचना गर्नेहरूलाई उनी भन्ने गर्छन्, “पानी चाहिएको की कागज ?”

मेयर निर्वाचित भएको तीन महिनापछि भदौ ०७९ मा साम्पाङको श्रमदान अभियानले धरानमा पानी आइपुग्यो । आसपासका खोला–खोल्सीबाट धरानसम्म पानी आइपुगे पनि त्यो दिगो भने थिएन । बर्खामा मात्र पानी हुने ती खोलाहरूमा हिउँद र चैत–वैशाखमा पानी हुँदैन ।

कोकाहा, सर्दु, खर्दु र निशाने खोलाको पानी धरानमा ल्याई पुर्‍याएपछि उनले यसबाट धरानले भोगिरहेको पानीको समस्या दीर्घकालका लागि समाधान नहुने बताएका थिए । उनले भनेका थिए, “अहिले हामीले गरेको प्रयास अल्पकालीन समाधान हो । धरानको पानीको समस्या दीर्घकालीन गर्न भने कोसीकै भर छ । कोसीकै पानी ल्याउनुपर्छ ।”

राणा प्रधानमन्त्री चन्द्र शमशेरले सन् १९५९ मा धरान सहरको जग हालेका थिए । महाभारत पर्वत श्रृखंलाको फेदमा रहेको धरान विस्तारै पूर्वी पहाडको व्यापारिक केन्द्र बन्यो । जनसंख्या बढ्दै गएपछि धरानमा पानीको अभाव हुन थाल्यो ।

धरानको पानीको माग पूरा गर्न भनेर १९७३ मा तुर्के खोलाको पानी ल्याइयो । तर, आजभोलि त्यहाँ पानी छैन । तुर्के खोलाको पानी सुकेपछि २०३६ देखि सर्दु खोलाको पानी धरानमा ल्याइयो ।

सर्दु खोलाको पानी पनि अपुग हुन थालेपछि २०६९ वैशाखमा एसियाली विकास बैंक (एडीबी)को ऋण तथा अनुदान सहयोगमा खानेपानी योजना सुरु भयो । यही आयोजनामा भ्रष्टाचार भएको भन्दै हर्क साम्पाङ अभियन्ता बने ।

एडीबीको खानेपानी आयोजनाको विरोध गर्दै अभियन्ता भएका हर्क साम्पाङ अन्तत धरानको मेयर बन्न पुगे । मेयर बनेर श्रमदान अभियानबाट धरानमा थोरबहुत पानी ल्याएपछि उनलाई लाग्यो यसले दिगो समाधान दिँदैन ।

त्यसपछि चैत २०७९ मा साम्पाङ काठमाडौं आइपुगे । सिंहदरबार छिरेर उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहरी विकासमन्त्री सीता गुरुङलाई भेटेर कोसीको पानी ल्याउने योजना बजेटमा राख्न अनुरोध गरे । त्यतिखेर उनले सिंहदरबारलाई घुक्र्याउँदै भनेका थिए, “खानेपानी मन्त्रालयले धरानको योजनालाई बजेट दिएन भने म आफैँ धर्ना बस्न आउँछु । खानेपानी नाथे पनि सरकारले दिन सक्दैन भने किन सरकार गठन गरिराख्नु नि ।”

कोसीको पानी ल्याउने योजनालाई बजेट नदिए सुनसरीका सांसदलाई धरान छिर्न नदिने भन्दै धम्क्याएका थिए साम्पाङले ।

स्थानीय तहका पदाधिकारीहरू सिंहदरबार आउजाउ गरिरहन्छन् । उनीहरू आए–गएको पत्तो हुँदैन । तर, साम्पाङ सिंहदरबार छिर्दा भने ठूलो संख्यामा प्रहरी खटाइए । सिंहदरबारमा जहाँ, जहाँ पुगे प्रहरीले उनलाई घेरिरह्यो । यसो गरेर प्रहरीले उनलाई सुरक्षा दिएको होइन, सिंहदरबारको सुरक्षा गरेको हो ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...