अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज : भाषिक विविधता संरक्षणमा जोड

काठमाडौँ — आज विश्वभर २१ फेब्रुअरीका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। भाषिक अधिकारको संरक्षण, सांस्कृतिक पहिचानको सम्मान तथा बहुभाषिक शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।

सन् १९५२ मा तत्कालीन पूर्वी पाकिस्तान (हाल बङ्गलादेश) मा बङ्गाली भाषालाई मान्यता दिन माग गर्दै गरिएको आन्दोलनका क्रममा विद्यार्थीमाथि गोली प्रहार भई ज्यान गुमाउनुपरेको घटनाको स्मरणमा यो दिवस मनाउन थालिएको हो। उक्त घटनालाई अन्तर्राष्ट्रिय मान्यता दिँदै यूनेस्कोले सन् १९९९ नोभेम्बर १७ मा २१ फेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा घोषणा गरेको थियो। त्यसयता सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर औपचारिक रूपमा यो दिवस मनाइँदै आएको छ।

नेपाल बहुभाषिक देशका रूपमा परिचित छ। भाषा आयोग नेपालको प्रतिवेदनअनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १३१ पुगेको छ। पछिल्ला वर्षहरूमा मारेक (याक्खा) र नावा शर्पा लगायतका भाषा सूचीकृत भएसँगै यो सङ्ख्या वृद्धि भएको हो।

भाषाविद्हरूका अनुसार मातृभाषाको संरक्षणले समुदायको सांस्कृतिक पहिचान, परम्परा र मौलिक ज्ञान प्रणाली जोगाउन महत्वपूर्ण योगदान पुर्‍याउँछ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...