आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै

आज देशभर हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ। एकापसमा रङ र लोला खेली उल्लासपूर्वक मनाइने यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र भाइचाराको सन्देश बोकेर आउने फागु पर्व मनाउने परम्परा प्राचीनकालदेखि चलिआएको छ।

फागु पर्वका अवसरमा परम्परादेखि नै सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने चलन छ। यस वर्ष पनि तराईका जिल्लाहरूमा मङ्गलबार होली मनाइँदैछ र सोही दिन सार्वजनिक बिदा दिइएको छ।

होलीको अवसरमा काठमाडौँको वसन्तपुर क्षेत्रमा विशेष रौनक देखिन्छ। त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेलमा लगी दहन गर्ने परम्परा छ। चिरमा राखिएका ध्वजापताकाहरू औषधीय गुण हुने विश्वासका साथ लिने गरिन्छ भने चिरको खरानी टीकाका रूपमा लगाउँदा अनिष्ट टर्ने जनविश्वास रहिआएको छ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकाले सजाएर चिर गाडेपछि फागु पर्वको औपचारिक सुरुवात हुन्छ। साथै, टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसको प्रतीकात्मक रूपमा पूजा गरी विशेष विधि सम्पन्न गर्ने चलन पनि प्रचलित छ।

पौराणिक कथाअनुसार, त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त पुत्र प्रह्लादलाई मार्ने प्रयास गर्दा आगोले नछुने वरदान पाएकी होलिका आफैँ दहन भइन् भने भक्त प्रह्लाद सुरक्षित रहे। त्यस घटनाको स्मरणस्वरूप असत्य र दुराचारमाथि सत्यको विजयको प्रतीकका रूपमा होली मनाउने परम्परा चलेको विश्वास गरिन्छ।

यसैगरी, द्वापरयुगमा कंशद्वारा पठाइएकी राक्षसी पुतनाको वधसँग पनि फागु पर्व जोडिएको धार्मिक मान्यता पाइन्छ। धर्मग्रन्थहरूमा वर्णन भएअनुसार दुष्ट शक्तिमाथि सद्गुणको विजयको प्रतीकका रूपमा यो पर्व मनाइँदै आएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...