देशभरका अदालतमा डेढ लाख मुद्दा बाँकी, फैसला कार्यान्वयन कमजोर

काठमाडौँ। देशभरका अदालतमा करिब डेढ लाख मुद्दा अझै छिन्न बाँकी रहेका छन्। सर्वोच्च अदालत लगायत विभिन्न तहका अदालतमा हाल १ लाख ४९ हजार ५६० थान मुद्दा विचाराधीन अवस्थामा रहेका हुन्।

संविधानको धारा १३८ बमोजिम रामचन्द्र पौडेल समक्ष प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन बुधबार प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमा देशभरको न्यायिक अवस्थाबारे विस्तृत विवरण समेटिएको छ।

प्रतिवेदनअनुसार फैसला कार्यान्वयन पक्ष निकै कमजोर देखिएको छ। अदालतबाट फैसला भइसकेका मुद्दामा संलग्न व्यक्तिहरूले आदेश अटेर गर्दा कैद तथा जरिवाना दुवै असुल हुन नसकेको अवस्था छ। हालसम्म १ लाख २१ हजार १५६ वर्ष बराबरको कैद कार्यान्वयन हुन बाँकी रहेको छ भने जरिवानातर्फ ३१ अर्ब ८३ करोड ९४ लाख रुपैयाँ असुल हुन बाँकी छ।

यसैबीच २३ र २४ भदौमा भएको जेनजी आन्दोलन पछि देशभरका २२ वटा अदालतमा आगजनी, तोडफोड तथा लुटपाट हुँदा सेवा प्रवाहमा उल्लेखनीय असर परेको प्रतिवेदनमा जनाइएको छ।

आगजनीबाट क्षतिग्रस्त सर्वोच्च अदालत ११ कात्तिकदेखि आंशिक रूपमा सञ्चालनमा आएको भए पनि अझै पूर्ण क्षमतामा सेवा सञ्चालन हुन सकेको छैन। अदालतको नयाँ भवन निर्माणाधीन अवस्थामा रहेको र आवश्यक पूर्वाधार अभावले सेवा प्रभावित भइरहेको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताएका छन्।

हाल सर्वोच्च अदालतमा मात्रै २४ हजार १०७ थान मुद्दा विचाराधीन छन्। अघिल्लो वर्षको तुलनामा करिब ७ प्रतिशत बढी मुद्दा फछ्र्यौट भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

छुटाउनुभयो कि ?

राति १२ बजे विशेष पूजा हुने शक्तिशाली बज्रबाराही मन्दिर, प्रत्येक तीन वर्षमा लाग्छ भव्य जात्रा

राति १२ बजे विशेष पूजा हुने शक्तिशाली बज्रबाराही मन्दिर, प्रत्येक तीन वर्षमा लाग्छ भव्य जात्रा

मकवानपुर। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका टिस्टुङ–पालुङमा अवस्थित बज्रबाराही मन्दिर नेपालका प्राचीन तथा...
मोक्ष प्राप्ति को लागि अब इन्डिया जानु पर्दैन , थाहा मा १०८ शंख को धारा उद्घाटन

मोक्ष प्राप्ति को लागि अब इन्डिया जानु पर्दैन , थाहा मा १०८ शंख को धारा उद्घाटन

मकवानपुर। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका–३, पालुङस्थित निर्माणाधीन मोक्षधाममा स्थापना गरिएको १०८ शंखधा...
पवित्र १००८ शालिग्राम भगवानको दर्शन, किन गरिँदैन प्राणप्रतिष्ठा ?

पवित्र १००८ शालिग्राम भगवानको दर्शन, किन गरिँदैन प्राणप्रतिष्ठा ?

काठमाडौं। हिन्दू धर्ममा १००८ शालिग्राम भगवानलाई भगवान विष्णुको साक्षात् स्वरूपका रूपमा पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार श्रद...
केदारनाथ जान नसक्ने भक्तजनका लागि डोलेश्वर महादेव

केदारनाथ जान नसक्ने भक्तजनका लागि डोलेश्वर महादेव

भक्तपुर। भारतको उत्तराखण्डस्थित प्रसिद्ध केदारनाथ धाम पुग्न सबै भक्तजनका लागि सम्भव नहुने भएकाले नेपालकै ऐतिहासिक तथा धार्मिक मह...
नयाँ सरकारको १०० दिनमा ८९ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल वितरण

नयाँ सरकारको १०० दिनमा ८९ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल वितरण

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको पहिलो १०० दिनमा ८९ हजार १९४ दशमलव ५५ मेट्रिकटन अनुदानित रासाय...
केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत अर्जेन्टिनाले केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा ...
बैतडीमा यात्रुवाहक बस दुर्घटना, सडकबाट करिब ६० मिटर तल खस्यो

बैतडीमा यात्रुवाहक बस दुर्घटना, सडकबाट करिब ६० मिटर तल खस्यो

बैतडी। बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा धनगढीबाट बैतडी ...
सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा आजदेखि निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। ...