आजदेखि एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं — आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) देशभर एकैपटक सुरु भएको छ। यस वर्ष कुल ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी हुँदैछन्।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतझैँ सबै केन्द्रमा एकै समयमा परीक्षा सञ्चालन गरेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार बिहान ८ बजेदेखि देशभरका तोकिएका केन्द्रबाट परीक्षा सुरु भएको छ, जुन २९ गतेसम्म सञ्चालन हुनेछ।

यस वर्ष नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ परीक्षार्थी सहभागी छन्। परीक्षामा छात्राको सङ्ख्या बढी देखिएको छ—२ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र अन्य ७ जना सहभागी छन्।

देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरिएका छन् भने ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षा दिइरहेका छन्। जापानस्थित एक परीक्षा केन्द्रबाट समेत २३ जना विद्यार्थी सहभागी भएका छन्।

परीक्षाका लागि आवश्यक प्रश्नपत्र सातै प्रदेशमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमार्फत सम्बन्धित केन्द्रमा पठाइसकिएको छ। सुरक्षाको दृष्टिले प्रत्येक परीक्षा केन्द्रमा १५ जना प्रहरी खटाइएको छ। साथै, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र थप दुई कर्मचारीको व्यवस्था गरिएको छ।

यस वर्ष परीक्षा केन्द्रमा हुने सामूहिक अनुगमनमा रोक लगाइएको छ। अनुगमनका नाममा अनावश्यक भीडभाड हुँदा परीक्षार्थीको लेखनमा अवरोध पुगेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो। अब अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ।

तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गर्ने योजना

नयाँ निर्देशिका लागू भएसँगै यसपटक उत्तरपुस्तिका परीक्षण छिटो र व्यवस्थित बनाइने लक्ष्य राखिएको छ। परीक्षा सम्पन्न भएको अधिकतम तीन दिनभित्र परीक्षण सक्ने योजना बनाइएको छ।

परीक्षणपछि मार्कस्लिप तयार गरी ‘ट्याब’मा प्रविष्टि गरेर सिलबन्दी खाममार्फत शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

परीक्षक र संपरीक्षकलाई परीक्षण केन्द्रमै बसेर काम गर्नुपर्नेछ भने सम्भव भएसम्म सिसिटिभी जडित सुरक्षित कक्षमा परीक्षण गराइनेछ। उत्तरपुस्तिका बाहिर लैजान नपाइने, अन्य व्यक्तिबाट परीक्षण गराउन नपाइने तथा अयोग्य शिक्षकलाई परीक्षणमा संलग्न गराउन नपाइने व्यवस्था गरिएको छ।

साथै, परीक्षण कक्षमा मोबाइललगायत कुनै पनि विद्युतीय उपकरण लैजान निषेध गरिएको छ। लापरवाही पाइएमा पुनः परीक्षण गराउने, पारिश्रमिक कट्टा गर्ने वा परीक्षक सूचीबाट हटाउनेसम्मका कारबाही गरिनेछ भने गम्भीर अवस्थामा प्रचलित कानुनअनुसार विभागीय कारबाहीसमेत हुने व्यवस्था गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...