गुन्द्रुकमा कडा मापदण्ड लागू, उत्पादनदेखि बिक्रीसम्म अनिवार्य स्वच्छता नियम

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालय ले परम्परागत नेपाली खाद्य पदार्थ गुन्द्रुकको गुणस्तर सुनिश्चित गर्न नयाँ मापदण्ड लागू गरेको छ। यस व्यवस्थासँगै अब गुन्द्रुक उत्पादनदेखि प्याकेजिङ र बजार वितरणसम्म कडाइ गरिने भएको छ।

मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार गुन्द्रुकको स्पष्ट परिभाषा, उत्पादन प्रक्रिया र गुणस्तरसम्बन्धी मापदण्ड निर्धारण गरेको जनाएको छ। रायो, तोरी, मुलालगायत सागपातलाई नुनबिना प्राकृतिक वा ल्याक्टिक एसिड किण्वन विधिबाट तयार पारिएको खाद्य पदार्थलाई गुन्द्रुकका रूपमा परिभाषित गरिएको छ।

नयाँ नियमअनुसार किण्वन प्रक्रियामा फलाम, एल्युमिनियम, तामा वा पित्तलका भाँडाको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ। साथै गुन्द्रुकमा ढुसी, किरा, माटो, प्लास्टिक वा धातुजस्ता कुनै पनि अशुद्ध पदार्थ मिसिन नहुने स्पष्ट गरिएको छ। कृत्रिम रंग, सुगन्ध र प्रिजरभेटिभको प्रयोगसमेत प्रतिबन्ध गरिएको छ।

मापदण्डले सुक्खा गुन्द्रुकमा अधिकतम १२ प्रतिशत जलांश, कुल भष्म १७ प्रतिशत र एसिडमा नघुल्ने भष्म १ प्रतिशतभन्दा बढी हुन नहुने सीमा तोकेको छ। स्वास्थ्यका लागि जोखिमपूर्ण ई–कोली जीवाणु प्रति ग्राम शून्य हुनुपर्ने व्यवस्था पनि गरिएको छ।

यसैगरी, विषादी अवशेष र हेभी मेटलको मात्रा तोकिएको सीमाभित्रै हुनुपर्नेछ भने प्याकेजिङका लागि खाद्य-ग्रेडका सफा सामग्री अनिवार्य गरिएको छ। लेबलमा प्रयोग गरिएको सागपातको प्रकार र उत्पादन विधि उल्लेख गर्नुपर्ने प्रावधानसमेत लागू गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले उत्पादनदेखि ढुवानीसम्म सबै चरणमा स्वच्छता मापदण्डको पालना गरिए उपभोक्ताको स्वास्थ्य सुरक्षा थप मजबुत हुने विश्वास व्यक्त गरेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...