निजी विद्यालयलाई दबाएर होइन, शिक्षा सुधारेर अघि बढौँ

फेसबुकको newsfeed स्क्रोल गर्दै गर्दा एउटा पोस्टमा आँखा अडियो—
“अब सामुदायिक विद्यालयहरूले आफ्नो बेञ्च सफा गर्न थाले हुन्छ, ठूलो संख्यामा विद्यार्थी भर्ना हुन आउँदै छन्।”

केही क्षण सोचें। आजको नेपालमा आर्थिक दबाब, रोजगारीको अनिश्चितता र सरकारी नीतिहरूको प्रभावले अभिभावकहरूलाई नयाँ विकल्प खोज्न बाध्य बनाइरहेको छ।

पछिल्लो समय सरकारले निजी विद्यालय (बोर्डिङ स्कुल) माथि विभिन्न नियम, शुल्क नियन्त्रण र निगरानी बढाएको देखिन्छ। यस्तो अवस्थामा के साँच्चै विद्यार्थीहरूको संख्या सामुदायिक विद्यालयतर्फ बढ्ने हो त?
तर अझ गहिरो प्रश्न उठ्छ—के सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन यस्तो अवस्था आउनै पर्ने हो?

अहिले पनि धेरै अभिभावकले आफ्ना छोराछोरीलाई कक्षा ७–८ सम्म निजी विद्यालयमा पढाएर पछि मात्र सामुदायिक विद्यालयमा सार्ने गरेका छन्। किन? के यो केवल खर्चको कारण हो, कि गुणस्तर र विश्वासको पनि प्रश्न हो?

सामुदायिक विद्यालयहरूमा केही उत्कृष्ट उदाहरण अवश्य छन्, तर समग्र प्रणाली अझै सुदृढ हुन सकेको छैन। धेरै ठाउँमा बालमैत्री वातावरणको अभाव छ, प्रयोगात्मक सिकाइ सीमित छ, अतिरिक्त क्रियाकलापहरू कम छन्, र विद्यार्थीको समग्र विकासमा पर्याप्त ध्यान पुगेको देखिँदैन।

त्यसको विपरीत, निजी विद्यालयहरूले वर्षौंदेखि सन्तुलित शैक्षिक वातावरण प्रदान गर्न प्रयास गर्दै आएका छन्—
• राम्रो भौतिक पूर्वाधार
• नृत्य, संगीत, खेलकुदजस्ता गतिविधि
• व्यवहारिक ज्ञान र एक्सपोजर
• विद्यार्थीप्रति व्यक्तिगत ध्यान

सबैभन्दा महत्वपूर्ण कुरा—धेरै विद्यार्थी त्यहाँ खुशी छन्।

अभिभावकहरूले तिर्ने शुल्क केवल पढाइका लागि मात्र होइन, आफ्नो सन्तानको समग्र विकास र खुशीका लागि हो। यही कारणले, आर्थिक बोझ हुँदाहुँदै पनि धेरै अभिभावक निजी विद्यालय रोजिरहेका छन्।

अर्कोतर्फ, निजी विद्यालयहरूले देशमा ठूलो मात्रामा रोजगारी सिर्जना गरेका छन्। शिक्षक मात्र होइन, गैर-शिक्षक कर्मचारी, नृत्य प्रशिक्षक, खेल प्रशिक्षक, कला शिक्षक लगायत हजारौँ मानिसको जीविकोपार्जन यही क्षेत्रमा निर्भर छ।

यद्यपि, निजी विद्यालयहरूभित्र पनि समस्या छैनन् भन्न मिल्दैन। शिक्षकहरूको रोजगारी सुरक्षा, उचित पारिश्रमिक र कार्य वातावरणका विषयमा सुधार आवश्यक छ।

तर अहिले देखिएको प्रवृत्ति के हो भने—
निजी विद्यालयलाई दबाब दिएर कमजोर बनाउने प्रयास भइरहेको जस्तो देखिन्छ, जुन समाधान होइन।

यदि हामीले एउटा उदाहरण लिऔँ—
कागजमा दुईवटा रेखा कोर्दा,
एकजनाले अर्को ठूलो रेखा कोरेर आफूलाई सानो देखायो,
अर्कोले पुरानै रेखा मेटेर आफूलाई ठूलो देखाउन खोज्यो।

आजको प्रश्न यही हो—
हामी सामुदायिक विद्यालयलाई सुधारेर बलियो बनाउने हो,
कि निजी विद्यालयलाई कमजोर पारेर आफूलाई ठूलो देखाउने हो?

शिक्षा क्षेत्र प्रतिस्पर्धाबाट सुधारिन्छ, दबाबबाट होइन।
यदि सामुदायिक विद्यालयहरू साँचिकै सुदृढ, आधुनिक र विद्यार्थीमैत्री बने—
त्यो दिन निजी विद्यालयको आवश्यकता स्वतः घट्दै जान्छ।

तर जबसम्म त्यो स्तर हासिल हुँदैन,
निजी विद्यालयलाई दोष दिनु वा दबाउनु भन्दा—
उनीहरूको योगदानलाई स्वीकार्दै,
उनीहरूलाई अझ व्यवस्थित र उत्तरदायी बनाउनेतर्फ ध्यान दिनु आवश्यक छ।

अन्ततः, अभिभावकको एउटै चाहना हुन्छ—
आफ्नो सन्तानको उज्ज्वल भविष्य र खुशी।
त्यो सुनिश्चित गर्ने जिम्मेवारी—सरकारी होस् वा निजी—दुवैले समान रूपमा वहन गर्नुपर्छ।

— हेमन्त सापकोटा क्षेत्री

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...