संविधान संशोधन कार्यदलको ५४ बुँदे प्रस्ताव सार्वजनिक, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्म

काठमाडौं । संविधान संशोधन बहसपत्र निर्माणका लागि गठित कार्यदलले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार, न्यायाधीशको पुनर्नियुक्तिलगायत ५४ बुँदे प्रस्ताव तयार गरेको छ।

कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता, प्रदेश संरचना, स्थानीय तह, न्यायपालिका, संवैधानिक निकाय तथा विविध विषय समेटेर प्रारम्भिक प्रस्ताव सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव संकलन गरिरहेको जनाएको छ।

प्रस्तावअनुसार शासकीय स्वरूपसँग सम्बन्धित ७, निर्वाचन प्रणालीका ८, संघीयतासम्बन्धी २, प्रदेशसँग सम्बन्धित ८, स्थानीय तहका ३, न्यायपालिकाका ११, संवैधानिक निकायसम्बन्धी ६ तथा अन्य विविध विषयअन्तर्गत ९ वटा प्रस्ताव अघि सारिएका छन्।

संविधान संशोधन बहसपत्र तयारी कार्यदल २०८२ का संयोजक असिम शाह ले संविधान संशोधनबारे व्यापक बहस र छलफलका लागि आधार तयार गर्न विभिन्न विषय समेटिएको बताए।

प्रधानमन्त्रीका सल्लाहकारसमेत रहेका उनले संविधान संशोधनका सम्भावित विषयमा राजनीतिक दल, कानुनविद्, पूर्वन्यायाधीश, पूर्वमहान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता, संवैधानिक कानुनका विज्ञ, पूर्वमुख्यसचिव, प्रशासक तथा सञ्चारकर्मीसँग छलफल भइरहेको जानकारी दिए।

कार्यदलले सय दिनभित्र संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने लक्ष्य राखेको जनाएको छ। यस क्रममा विभिन्न क्षेत्रका नागरिक, विज्ञ र सरोकारवाला समूहबाट सुझाव संकलनको काम जारी रहेको बताइएको छ।

यस्तै, जेन–जी अभियन्ताको एक समूहले भने छलफल बहिष्कार गरेको जनाइएको छ भने केही युवाहरूले छलफलमा सहभागी भएर आफ्ना सुझाव प्रस्तुत गरेका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...