Upper Trishuli–1 जलविद्युत आयोजना: ८२ प्रतिशत काम सम्पन्न, “वेयर गेट” जडान र परीक्षण सफल

काठमाडौं । निर्माणाधीन २१६ मेगावाट क्षमताको Upper Trishuli-1 Hydropower Project मा महत्वपूर्ण संरचना अन्तर्गत एक “वेयर गेट” को जडान तथा परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। आयोजनाका अनुसार तीन वटा वेयर गेटमध्ये एकको जडान र परीक्षण सञ्चालन पूरा भएसँगै समग्र निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ।

आयोजना अन्तर्गतको हाइड्रो–मेकानिकल संरचनामार्फत नदीको पानीको बहाव नियन्त्रण गर्ने, सुरुङमार्फत विद्युत उत्पादनका लागि पानी मोड्ने, जलाशयको पानीस्तर व्यवस्थापन गर्ने तथा बढी पानी सुरक्षित रूपमा नदीमा निष्काशन गर्ने काम गरिन्छ।

निर्माण पक्षले गेट जडान तथा परीक्षण कार्य प्राविधिक मापदण्डअनुसार सम्पन्न भएको जनाएको छ। यस क्रममा गुणस्तर, सुरक्षा र वातावरणीय मापदण्डलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ।

कार्यक्रमको अवसरमा रासुवा क्षेत्रका संघीय सांसद मोहन आचार्य, ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम, कोरियाली कम्पनी KOEN का कार्यकारी उपाध्यक्ष योङ किम ली, नेपालका लागि कोरियाली राजदूत पार्क ताए–योङ, विद्युत विकास विभागका महानिर्देशक मनदेवी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

कोरियाली राजदूत पार्क ताए–योङले परियोजना सम्पन्न भएपछि नेपाल–कोरिया ऊर्जा सहकार्य नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन्।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकु क्षेत्रमा बाँध तथा संरचना निर्माण भइरहेको छ भने उत्तरगया गाउँपालिका–१ मा भूमिगत पावरहाउस निर्माणाधीन छ। निर्माण सम्पन्न भएपछि उत्पादन हुने विद्युत आन्तरिक खपतका लागि उपयोग गरिनेछ।

आयोजनाको मुख्य निर्माण कार्य २०७८ सालको डिसेम्बरमा सुरु भएको हो। हाल ९.५ किलोमिटर लामो मुख्य सुरुङ खन्ने कार्य सम्पन्न भई कंक्रिट लाइनिङको काम जारी छ। जटिल २९२ मिटर लामो ठाडो सुरुङ (vertical shaft) को खन्ने कार्य पनि सफलतापूर्वक सम्पन्न भइसकेको छ।

पावरहाउसको सिभिल संरचना निर्माण पूरा भइसकेको छ भने टर्बाइन, जेनेरेटर लगायतका इलेक्ट्रो–मेकानिकल उपकरण जडान कार्य जारी छ।

बाढीका कारण २०२४ र २०२५ मा निर्माण कार्य प्रभावित भए पनि अहिले पुनः तीव्र गतिमा अघि बढाइएको छ। आयोजना सन् २०२६ डिसेम्बरसम्म पूरा गर्ने लक्ष्य राखिएको भए पनि हालको प्रगतिअनुसार २०२७ मध्यसम्म सम्पन्न हुने अनुमान गरिएको छ। आयोजना EPC मोडलमा कोरियाली कम्पनी Duson Energy को नेतृत्वमा निर्माण भइरहेको छ।

आयोजनाले वार्षिक करिब १.५३ अर्ब ३१ करोड युनिट विद्युत उत्पादन गर्ने अपेक्षा गरिएको छ। उत्पादनमध्ये ३८.७५ प्रतिशत जाडो मौसममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने अनुमान छ।

उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३ ‘बी’ हब सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच विद्युत खरिद सम्झौता (PPA) समेत भइसकेको छ।

काठमाडौंबाट नजिक रहेको तथा जाडो मौसममा पनि स्थिर (firm) ऊर्जा उत्पादन गर्न सक्ने भएकाले यो आयोजना नेपालको ऊर्जा प्रणालीका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...