मधेशलाई उत्पादन, पूर्वाधार र सांस्कृतिक पर्यटनको केन्द्र बनाउने सरकारी लक्ष्य

वीरगञ्ज, जेठ १६ – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेश प्रदेश तथा तराई–मधेश क्षेत्रको कृषि, सिँचाइ, पूर्वाधार, खानेपानी, खेलकुद र पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा मधेशलाई उत्पादन, कनेक्टिभिटी र सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरिएको हो।

बजेटअनुसार सुनकोशी–मरिण डाइभर्सन आयोजनाबाट सिञ्चित हुने एक लाख २२ हजार हेक्टर क्षेत्रलाई आधार बनाएर ‘मध्य मधेश चतुर्भुज’ निर्माण गरिनेछ। हुलाकी राजमार्ग तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सडक विस्तार, पुल निर्माण तथा कृषि र औद्योगिक विकासलाई गति दिने कार्यक्रम अघि सारिएको छ।

रेल पूर्वाधारतर्फ बर्दीबासदेखि काठमाडौं–तराई मधेश द्रुतमार्गको प्रारम्भिक बिन्दुसम्म रेलमार्ग विस्तार गरिने तथा जनकपुर–जयनगर–बर्दीबास रेलमार्गको बाँकी निर्माण कार्य पूरा गर्न बजेट विनियोजन गरिएको छ।

तराई–मधेश क्षेत्रमा सुक्खायाममा देखिने खानेपानी समस्याको समाधानका लागि डिप बोरिङसहित सामुदायिक खानेपानी प्रणाली विकास गरिनेछ। अधुरा रहेका २८० खानेपानी आयोजना सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ।

सिँचाइ क्षेत्रअन्तर्गत बागमती सिँचाइ आयोजनाको स्तरोन्नतिका लागि ५३ करोड रुपैयाँ विनियोजन गरिएको छ भने कमला र नारायणी सिँचाइ प्रणालीको मर्मत तथा भूमिगत सिँचाइ विस्तारका लागि एक अर्ब तीन करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

खेलकुद पूर्वाधारतर्फ लहान र वीरगञ्जमा आधुनिक खेल संरचना निर्माण गरिनेछ। साथै मधेश प्रदेशमा आयोजना हुने प्रस्तावित ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार विकासलाई पनि प्राथमिकता दिइएको छ।

कृषि प्रशोधन उद्योगअन्तर्गत सिराहा र सप्तरीमा आँप प्रशोधन केन्द्र तथा सर्लाहीमा गोलभेँडा प्रशोधन केन्द्र स्थापना गरिने घोषणा गरिएको छ। पर्यटन प्रवर्द्धनका लागि जनकपुरलाई ‘विवाह गन्तव्य’का रूपमा ब्रान्डिङ गरिने तथा रामजानकी पथ र रामजानकी परिक्रमा सडकको स्तरोन्नति गरिनेछ। जनकपुरधामलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाइने सरकारको योजना छ।

बजेटप्रति वीरगञ्जका उद्योगी–व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले बजेटका लक्ष्य महत्वाकांक्षी भए पनि स्रोत सुनिश्चिततामा प्रश्न उठाएका छन् भने कर छुट तथा केही कर संरचनामा गरिएको सुधारलाई सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्।

यता सर्लाहीका किसानले कृषि र सिँचाइलाई प्राथमिकतामा राखिएको तथा गोलभेँडा प्रशोधन केन्द्र स्थापना गर्ने घोषणाप्रति खुशी व्यक्त गरेका छन्। किसानहरूले यसबाट उत्पादनको उचित मूल्य पाउने र कृषि क्षेत्र थप व्यावसायिक बन्ने अपेक्षा गरेका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...