नयाँ कर व्यवस्थाले महँगियो विद्युतीय सवारी, इभीको मूल्यमा उल्लेख्य वृद्धि हुने

काठमाडौं, जेठ १६ – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी साधन (इभी) मा नयाँ कर संरचना लागू गरेपछि नेपाली बजारमा इभी गाडीको मूल्य उल्लेख्य रूपमा बढ्ने भएको छ।

यसअघि सवारीको किलोवाट क्षमताका आधारमा फरक–फरक भन्सार दर लाग्दै आएकोमा सरकारले अब सबै इभीमा २० प्रतिशतको समान (फ्ल्याट) भन्सार दर लागू गरेको छ। तर, ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ नामक नयाँ कर थपिएपछि समग्र करभार भने बढेको छ।

नयाँ व्यवस्थाअनुसार २० लाख रुपैयाँसम्म मूल्य पर्ने इभीमा २० प्रतिशत भन्सार, २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशत सडक मर्मत तथा सुधार दस्तुर लाग्नेछ। यसले यस्ता सवारीमा कुल करभार करिब ४०.५ प्रतिशत पुग्ने देखिएको छ।

त्यस्तै, ३० लाखदेखि ४० लाख रुपैयाँसम्म मूल्यका इभीमा २० प्रतिशत भन्सार, १५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्नेछ। यस समूहका सवारीमा कुल करभार करिब ५३ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

४० लाखदेखि ५० लाख रुपैयाँसम्म मूल्य पर्ने इभीमा भने स्वच्छ पूर्वाधार लगानी शुल्क ७० प्रतिशत निर्धारण गरिएको छ। यससँगै भन्सार, भ्याट र सडक मर्मत दस्तुर जोड्दा कुल करभार १०८ प्रतिशतसम्म पुग्ने भएको छ।

यस्तै, ५० लाख रुपैयाँभन्दा माथिका इभीमा ११० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने व्यवस्था गरिएको छ। भन्सार, भ्याट र सडक मर्मत दस्तुरसमेत जोड्दा यस्ता सवारीमा कुल करभार १४८ प्रतिशतसम्म पुग्नेछ।

सरकारले राजस्व वृद्धि र पूर्वाधार विकासका लागि नयाँ कर नीति ल्याएको जनाएको भए पनि व्यवसायीहरूले यसले विद्युतीय सवारीको मूल्य बढाएर इभीको प्रयोग विस्तार गर्ने सरकारी लक्ष्यलाई असर गर्न सक्ने बताएका छन्। नयाँ व्यवस्था लागू भएपछि नेपाली बजारमा इभी खरिद गर्ने उपभोक्ताले थप आर्थिक भार व्यहोर्नुपर्ने देखिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...