स्वास्थ्य सेवा सुधारका लागि तीन तहका सरकारबीच बलियो सहकार्य आवश्यक : सरोकारवाला

भरतपुर । नेपालको स्वास्थ्य प्रणालीलाई आधुनिक, सुलभ, किफायती र नागरिकमैत्री बनाउन संघीय, प्रदेश तथा स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

नेपाल चिकित्सक संघद्वारा चितवनको भरतपुरमा आयोजित पाँचौँ राष्ट्रिय स्वास्थ्य सम्मेलनको उद्घाटन सत्रमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधारका लागि तीनै तहका सरकारबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

शनिबारदेखि सुरु भएको दुईदिने सम्मेलनमा नेपालको स्वास्थ्य प्रणालीलाई थप आधुनिक, सहज पहुँचयुक्त, किफायती तथा समतामूलक बनाउने विषयमा नीति, रणनीति र नवप्रवर्तनका विभिन्न पक्षमाथि व्यापक छलफल भइरहेको छ। यस वर्षको सम्मेलन ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ भन्ने नारासहित आयोजना गरिएको हो।

सचिव देवकोटाले स्वास्थ्य क्षेत्रमा कुल बजेटको कम्तीमा १० प्रतिशत विनियोजन गर्ने लक्ष्य अझै पूरा हुन नसकेको उल्लेख गर्दै हाल वार्षिक बजेटको करिब ४ देखि ५ प्रतिशत मात्र स्वास्थ्य क्षेत्रमा खर्च हुने गरेको जानकारी दिए। आवश्यकताका तुलनामा बजेट अझै अपर्याप्त रहेको उनको भनाइ थियो।

उनले स्वास्थ्य बजेटको ठूलो हिस्सा उपचारमा खर्च हुने गरेको उल्लेख गर्दै रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्न नदिने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताए। विशेषगरी नसर्ने रोगको बढ्दो चुनौतीलाई ध्यानमा राख्दै स्वास्थ्य प्रवर्द्धन र रोग रोकथामका कार्यक्रम विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए।

वागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले प्राथमिक स्वास्थ्य सेवा सम्पूर्ण स्वास्थ्य प्रणालीको आधार भएकाले यसको सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने बताइन्। ग्रामीण तथा दुर्गम क्षेत्रसम्म गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न डिजिटल प्रविधि, नवप्रवर्तन र दक्ष जनशक्तिको प्रभावकारी परिचालन आवश्यक रहेको उनको धारणा थियो।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागतसम्बन्धी चुनौती समाधान गर्न नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने बताए। सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा, डिजिटल हेल्थ, स्वास्थ्य बिमा, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य जनशक्ति व्यवस्थापन तथा प्रविधिको प्रयोगलगायत विषयमा विशेष सत्र सञ्चालन हुने जानकारी उनले दिए।

संघका नवनिर्वाचित अध्यक्ष डा. बद्री रिजालका अनुसार सम्मेलनमा ६० वटा अनुसन्धानमूलक कार्यपत्रसहित १०० भन्दा बढी वैज्ञानिक तथा प्राज्ञिक प्रस्तुतीकरण गरिनेछ। साथै, चारवटा समूहगत छलफलमार्फत स्वास्थ्य क्षेत्रका समसामयिक विषयमा गहन बहस गरिने कार्यक्रम रहेको छ।

सम्मेलनमा भारत र चीनका विशेषज्ञ चिकित्सक, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रतिनिधि तथा विश्व मेडिकल एसोसिएसनका विज्ञहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले स्वास्थ्य नीतिको निर्माणमा चिकित्सकहरूको अनुभव र सुझावलाई प्राथमिकता दिनुपर्ने बताए। उनले सम्मेलनलाई समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि साझा बहसको प्रभावकारी मञ्चका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे।

महासचिव डा. सञ्जीव तिवारीले स्वास्थ्य क्षेत्रका चुनौती समाधान, अनुभव आदानप्रदान तथा नीतिगत सहकार्यका लागि सम्मेलन महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे।

सम्मेलनको विशेष आकर्षणका रूपमा ‘भरतपुर घोषणापत्र’ सार्वजनिक गरिनेछ। सम्मेलनबाट प्राप्त निष्कर्ष, सुझाव र स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकताहरू समेटिएको उक्त घोषणापत्रले आगामी स्वास्थ्य नीतिको दिशा निर्धारणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

देशभरका चिकित्सक, स्वास्थ्य प्रशासक, नीति निर्माता, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहेको सम्मेलनको उद्घाटन वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँ ले गर्ने कार्यक्रम रहेको छ। साथै, अध्यक्ष डा. अनिलविक्रम कार्कीले नवनिर्वाचित अध्यक्ष डा. बद्री रिजाल नेतृत्वको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...