संसदमा प्रधानमन्त्रीको स्पष्ट सन्देश: पहिलो वर्ष सुशासनमा केन्द्रित, भ्रष्टाचार नियन्त्रण प्राथमिकता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको पहिलो वर्षलाई ‘सुशासनको वर्ष’ का रूपमा अघि बढाइएको स्पष्ट गरेका छन्। उनले भ्रष्टाचार, अनियमितता र बेथिति नियन्त्रणलाई सरकारको प्रमुख प्राथमिकता बनाइएको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले विकास निर्माणलाई रोक्ने नभइ सुशासनलाई आधार बनाएर अघि बढ्ने सरकारको नीति रहेको स्पष्ट पारे।

उनका अनुसार पहिलो वर्षमा राज्यका विभिन्न निकायमा देखिएका अनियमितता, बेथिति र भ्रष्टाचार नियन्त्रण गर्दै प्रणालीलाई बलियो बनाउने लक्ष्य राखिएको छ।

प्रधानमन्त्रीले भने, “हाम्रो पार्टीका मन्त्री र सभापतिले मुख्य प्राथमिकता सुशासन हो भन्दै आउनुभएको छ। पहिलो वर्षलाई सुशासनको वर्ष भनेका छौँ। यसको अर्थ विकास रोक्ने होइन। तर यो वर्ष विभिन्न निकायलाई निगरानीमा राखेर बेथिति हटाउने, जरा गाडेर बसेको भ्रष्टाचार अन्त्य गर्ने कामलाई प्राथमिकता दिएका छौँ।”

उनले कम्पनी रजिस्ट्रार कार्यालय, मालपोत तथा यातायात जस्ता सेवाग्राहीसँग प्रत्यक्ष जोडिएका कार्यालयहरूमा सुधार भइरहेको उल्लेख गर्दै त्यस्ता सुधारलाई निरन्तरता दिइने पनि बताए।

बैठकमा प्रमुख सचेतक बुर्लाकोटीले सुशासनको दृष्टिले पहिले सरुवा–बढुवामा घुस बिना काम नहुने अवस्था रहेको उल्लेख गर्दै वर्तमान सरकार बनेपछि त्यसमा परिवर्तन आएको बताए। उनले आम नागरिकको अपेक्षा सुशासन र समृद्धि भएकाले सरकारले त्यसअनुसार काम गरिरहेको हो कि होइन भन्ने स्पष्ट गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...