प्रधानमन्त्री शाहको सीमा अभिव्यक्तिपछि भारतीय मिडियामा व्यापक चर्चा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई भारतीय सञ्चारमाध्यमहरूले प्रमुख समाचारका रूपमा प्रकाशित गरेका छन्।

संसद्मा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई र नेकपा एमालेकी उपनेता पद्मा अर्यालको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘भारतले मात्र नभई नेपालले पनि कतिपय स्थानमा भारतीय भूमि मिचेको हुन सक्ने’ भन्दै दुवै देशले छलफलमार्फत सीमा विवाद समाधान गर्नुपर्ने बताएका थिए।

प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि भारतका विभिन्न सञ्चारमाध्यमहरूमा विषयले ठूलो प्राथमिकता पाएको छ। बीबीसी हिन्दी र नवभारत टाइम्सले प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै यसलाई ‘आश्चर्यजनक’ टिप्पणीका रूपमा प्रस्तुत गरेका छन्। ती समाचारमा सीमा विवादलाई वार्तामार्फत समाधान गर्नुपर्ने प्रधानमन्त्रीको भनाइलाई समेत समेटिएको छ।

त्यस्तै जी न्युजले यसलाई सनसनीपूर्ण शीर्षक दिँदै भारत र नेपालबीचको सीमा विवादबारे नयाँ बहस सुरु भएको उल्लेख गरेको छ। न्युज२४ अनलाइनले पनि प्रधानमन्त्रीको अभिव्यक्तिले राजनीतिक तहमा प्रतिक्रिया उत्पन्न गराएको भन्दै नेपाली कांग्रेसले यस विषयलाई संवेदनशील भन्दै आपत्ति जनाएको उल्लेख गरेको छ।

भारतीय सञ्चारमाध्यमहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादलाई पनि पुनः स्मरण गराएका छन्। साथै दुवै देशबीच ऐतिहासिक तथ्य, नापी विभाग र विज्ञहरूको टोलीमार्फत समाधान खोज्ने विषयमा भएको कूटनीतिक छलफललाई समेत रिपोर्ट गरिएको छ।

यसैबीच भारतीय विदेश मन्त्रालयका पुराना धारणा र लिपुलेक मार्गसम्बन्धी भारतको अडानलाई पनि विभिन्न समाचार माध्यमहरूले पुनः उल्लेख गरेका छन्।

समग्रमा प्रधानमन्त्री शाहको संसद् सम्बोधनपछि नेपाल–भारत सीमा विवाद फेरि एकपटक दुवै देशका मिडिया र राजनीतिक वृत्तमा चर्चाको केन्द्र बनेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...