रवि लामिछानेको ८ प्रस्ताव: नेपाल–भारत सम्बन्ध ‘विकास कूटनीति’मा रूपान्तरण गर्न आग्रह

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक दृष्टिकोणबाट बाहिर निकाल्दै ‘विकास कूटनीति’को आधारमा पुनर्परिभाषित गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

भारतीय दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत उनले दुई देशबीचको सम्बन्धलाई राजनीतिक तनावभन्दा माथि उठाएर लगानी, व्यापार, ऊर्जा, पर्यटन र प्रविधिमा आधारित सहकार्यतर्फ लैजानुपर्ने धारणा राखेका हुन् ।

लामिछानेले कूटनीतिक नियोगहरूलाई पनि राजनीतिक सम्पर्क केन्द्रभन्दा आर्थिक सहकार्य, लगानी प्रवर्द्धन र व्यापार विस्तारको ‘इन्जिन’का रूपमा रूपान्तरण गर्नुपर्ने सुझाव दिएका छन् ।

भारत भ्रमणका क्रममा उनले पाँच दिने औपचारिक कार्यक्रमअन्तर्गत भारतीय जनता पार्टी (भाजपा) नेतृत्वसँग भेटवार्ता गर्ने तयारीसमेत भएको रास्वपाले जनाएको छ । भेटमा दुई देशका लोकतान्त्रिक अभ्यास, राजनीतिक अनुभव र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ ।

लेखमार्फत प्रस्तुत गरेका प्रमुख ८ प्रस्तावहरू यस प्रकार छन्—

१. सीमा विवाद समाधानका लागि संवाद
सीमा लगायतका विवादलाई अल्झाएर राख्न नहुने भन्दै उनले ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन् ।

२. रक्सौल–काठमाडौं रेल परियोजना प्राथमिकता
नेपाल–भारत आर्थिक एकीकरणका लागि रक्सौल–काठमाडौं रेलमार्गलाई रणनीतिक परियोजनाका रूपमा अघि बढाउनुपर्ने उनको प्रस्ताव छ ।

३. पोखरा र लुम्बिनीबाट सीधा हवाई उडान
भारतीय प्रमुख शहरहरूसँग पोखरा र लुम्बिनीलाई सीधा हवाई सेवामार्फत जोड्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

४. काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर
फिनटेक, डिजिटल भुक्तानी र प्रविधि सहकार्यका लागि डिजिटल करिडोर निर्माण गर्ने अवधारणा प्रस्तुत गरिएको छ ।

५. शैक्षिक तथा स्वास्थ्य संस्थाको विस्तार
भारतका प्रतिष्ठित शैक्षिक र स्वास्थ्य संस्थाहरू नेपालमा स्थापना गरी प्रविधि र ज्ञान आदान–प्रदान बढाउनुपर्ने सुझाव दिइएको छ ।

६. सीमा क्षेत्रमा रासायनिक मल उद्योग
कृषि उत्पादन र आपूर्ति शृंखलालाई मजबुत बनाउन नेपाल–भारत सीमामा संयुक्त मल उद्योग स्थापना गर्न सकिने प्रस्ताव गरिएको छ ।

७. जलविद्युत् र ऊर्जा बजार एकीकरण
नेपालको जलविद्युत् क्षमतालाई भारतीय औद्योगिक बजारसँग जोड्दै एकीकृत ऊर्जा बजार विकास गर्नुपर्ने धारणा राखिएको छ ।

८. खेलकुद सहकार्य विस्तार
आईपीएलदेखि नेपाली खेलाडी र संरचना जोड्ने सम्भावना खोज्दै खेलकुदलाई पनि दुई देशबीचको सहकार्यको महत्वपूर्ण क्षेत्र बनाउनुपर्ने बताएका छन् ।

लामिछानेले नेपाल–भारत सम्बन्धलाई पुरानो राजनीतिक परिभाषाभन्दा माथि उठाएर साझा आर्थिक भविष्य निर्माणतर्फ लैजानुपर्नेमा जोड दिएका छन् ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...