चितवन–पर्सा निकुञ्जमा बाघको आहारा प्रजाति सर्वेक्षण सुरु

 

चितवन, जेठ १९ – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघका लागि आवश्यक आहारा प्रजातिको अवस्था अध्ययन गर्न सर्वेक्षण कार्य सुरु गरिएको छ। जेठ १ गतेदेखि सुरु भएको सर्वेक्षण अन्तर्गत नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म फैलिएको बाघको बासस्थान क्षेत्रमा अध्ययन भइरहेको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार सर्वेक्षणका लागि करिब ४०० वटा ट्रान्जेक्ट (मार्ग) निर्धारण गरिएको छ। ती मार्गमार्फत बाघको प्रमुख आहारा प्रजातिको संख्या, वितरण र अवस्थाबारे तथ्याङ्क संकलन गरिनेछ।

बाघका प्रमुख आहारा प्रजातिमा जरायो, चितल, लगुना, रतुवा, गौरीगाई, बँदेल, निलगाई तथा बाँदर पर्दछन्। यस्तै, शुक्लाफाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पाइने चौका र बाह्रसिंगा पनि बाघका महत्वपूर्ण आहारा प्रजातिका रूपमा रहेका छन्।

सर्वेक्षण सम्पन्न भएपछि ‘दूरी छनोट विधि’ (Distance Sampling Method) मार्फत आहारा प्रजातिको अनुमानित संख्या निर्धारण गरिने निकुञ्जले जनाएको छ। अध्ययनबाट प्राप्त नतिजाले बाघ संरक्षणका लागि आवश्यक आहारा प्रजातिको संरक्षण तथा व्यवस्थापन रणनीति तयार गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास गरिएको छ।

निकुञ्जका अधिकारीहरूका अनुसार बाघको दीर्घकालीन संरक्षणका लागि पर्याप्त आहारा प्रजातिको उपलब्धता सुनिश्चित गर्नुपर्ने भएकाले यो अध्ययन विशेष महत्वका साथ सञ्चालन गरिएको हो।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...