फरेन्सिक ल्याब धेरै बनाउने होइन, एकलाई आधुनिक बनाउनु उपयुक्त : महावीर पुन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालले आर्थिक क्षमताका कारण धेरै सङ्ख्यामा फरेन्सिक (विधि विज्ञान) प्रयोगशाला निर्माण गर्न नसक्ने बताएका छन्।

बिहीबार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ माथिको छलफलका क्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

छलफलमा सांसदहरूले प्रत्येक प्रदेशमा फरेन्सिक ल्याब स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए पनि सांसद पुनले त्यसमा असहमति जनाए। उनका अनुसार फरेन्सिक प्रयोगशालाका लागि आवश्यक उपकरण अत्यन्तै महँगो हुने भएकाले प्रदेश–प्रदेशमा ल्याब स्थापना गर्नु नेपालको आर्थिक क्षमताभन्दा बाहिरको विषय हो।

उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आईएसओ मान्यता प्राप्त गर्न पनि ठूलो लगानी र पूर्वाधार आवश्यक पर्ने उल्लेख गरे। आईएसओ बिना परीक्षणको अन्तर्राष्ट्रिय मान्यता नहुने भएकाले सबै प्रदेशमा छुट्टाछुट्टै ल्याब खोल्नु व्यवहारिक नहुने उनको तर्क थियो।

सांसद पुनले नेपालमा एक मात्र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक फरेन्सिक ल्याब स्थापना गरी त्यहीँबाट सेवा प्रवाह गर्नुपर्ने सुझाव दिए। जटिल प्रकृतिका परीक्षणहरू आवश्यक परे विदेशमै पठाउने अभ्यासलाई निरन्तरता दिन सकिने उनको भनाइ थियो।

उनले उदाहरण दिँदै भने, कोरोना महामारीका समयमा परीक्षण सुविधा नहुँदा नमुना विदेश पठाउनुपरेको थियो, त्यसैले आवश्यकताअनुसार जटिल परीक्षण विदेशमै गर्नुपर्ने अवस्था स्वीकार गर्नुपर्ने हुन्छ।

सांसद पुनले भावनामा बहिएर वा महत्वाकाङ्क्षाका आधारमा धेरै प्रयोगशाला खोल्ने निर्णय गर्नुको सट्टा देशको वास्तविक आर्थिक अवस्था बुझेर सीमित स्रोत–साधनलाई एउटै केन्द्रमा लगानी गरी गुणस्तरीय बनाउनु नै व्यवहारिक हुने बताए।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...