अस्ट्रेलिया, साउदी अरेबिया र थाइल्यान्डमा नेपाली दूतावास भवन निर्माण हुने, करिब ८६ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा अस्ट्रेलिया, साउदी अरेबिया र थाइल्यान्डमा नेपाली दूतावास भवन निर्माण गर्ने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावअनुसार यी तीन देशमा दूतावास भवन निर्माणका लागि बजेट विनियोजन गरिएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार अस्ट्रेलियाको क्यानबेरा, साउदी अरेबियाको रियाद र थाइल्यान्डको बैंककमा आर्थिक वर्ष सुरु भएसँगै भवन निर्माण प्रक्रिया अघि बढाइनेछ।

हाल नेपालका विदेशस्थित ३१ दूतावास, ३ स्थायी नियोग र १० महावाणिज्य दूतावास गरी कुल ४४ कूटनीतिक नियोग सञ्चालनमा छन्। तीमध्ये केही कार्यालय र राजदूत निवास मात्र आफ्नै स्वामित्व वा लिजमा रहेका भवनमा सञ्चालन भइरहेका छन् भने अधिकांश नियोग अझै भाडाका भवनमा निर्भर छन्।

सरकारले यसअघि नै पाकिस्तानको इस्लामाबाद, साउदी अरेबियाको रियाद, श्रीलंकाको कोलम्बो, मलेसियाको क्वालालम्पुर, ओमानको मस्कट, चीनको बेइजिङ र अस्ट्रेलियाको क्यानबेरामा दूतावास तथा राजदूत निवास निर्माणका लागि जग्गा खरिद गरिसकेको छ। तर, कतिपय स्थानमा जग्गा खरिद गरेको वर्षौं बितिसक्दा पनि भवन निर्माण हुन सकेको थिएन।

आर्थिक वर्ष २०८३/८४ को बजेटमा सरकारले तीन स्थानमा दूतावास भवन निर्माणलाई प्राथमिकता दिँदै आवश्यक रकम छुट्याएको छ। अर्थ मन्त्रालयद्वारा प्रकाशित रातो किताब अनुसार विदेशस्थित नेपाली नियोगहरूको पुँजीगत खर्चका लागि ९७ करोड ६९ लाख रुपैयाँ विनियोजन गरिएको छ, जसमध्ये ८५ करोड ८२ लाख रुपैयाँ भवन निर्माणका लागि छुट्याइएको छ।

यसअघि संसद्को सार्वजनिक लेखा समितिले २०७७ मंसिर १४ गते जग्गा खरिद गरिएका स्थानमा शीघ्र भवन निर्माण गरी घरभाडा खर्च घटाउन सरकारलाई निर्देशन दिएको थियो।

विशेषगरी अस्ट्रेलियाको राजधानी क्यानबेरामा २०७४ सालमै ९९ वर्षे लिजमा जग्गा प्राप्त भए पनि भवन निर्माण कार्य अझै सुरु हुन सकेको छैन। सम्झौताअनुसार निश्चित समयभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि बजेट अभाव र प्रशासनिक ढिलाइका कारण काम अघि बढ्न सकेको थिएन। भवन निर्माण नहुँदा लिज सम्झौता नै जोखिममा पर्ने अवस्था समेत सिर्जना भएको थियो।

यस्तै, साउदी अरेबियाको रियादमा नेपाली दूतावासले २०७८ कात्तिकमा करिब साढे ६० करोड रुपैयाँ बराबरको जग्गा खरिद गरेको थियो। उक्त जग्गामा पाँच वर्षभित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने व्यवस्था रहेकाले सरकारले अब निर्माण प्रक्रिया अघि बढाउने भएको छ।

थाइल्यान्डको बैंककमा नेपाल सरकारले २०७३ सालमै करिब ४५ करोड ७४ लाख रुपैयाँ खर्चेर जग्गा तथा भवन खरिद गरेको थियो। आगामी वर्ष सोही स्थानमा नयाँ दूतावास भवन निर्माणको योजना अघि बढाइनेछ।

सरकारको यो कदमले विदेशस्थित नेपाली नियोगहरूको भाडा खर्च घटाउनुका साथै कूटनीतिक सेवाको प्रभावकारिता र दीर्घकालीन व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...