रास्वपालाई बाबुराम भट्टराईको सुझाव : ‘प्रदेश खारेजीको एजेन्डा छाडेर सुशासन र विकासमा केन्द्रित हुनुस्’

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेज गर्ने एजेन्डा त्यागेर सुशासन र विकासका मुद्दामा केन्द्रित हुन सुझाव दिएका छन्।

रास्वपाको महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने तथा संघीय संरचनामा पुनर्विचार गर्ने विषय उठेको सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले यस्तो कदम मुलुकका लागि गम्भीर भूल हुन सक्ने बताएका हुन्।

उनले आफ्नो धारणा दुई प्रमुख आधारमा प्रस्तुत गरेका छन्। पहिलो, विधिको शासन र संवैधानिक प्रक्रियाको सम्मान। उनका अनुसार एकातिर संविधान संशोधनबारे बहस गर्न कार्यदल गठन गर्ने र अर्कोतर्फ पर्याप्त सहमति बिना एकपक्षीय निर्णय अघि बढाउने प्रयासले राजनीतिक दल, विभिन्न समुदाय र नागरिकबीच विश्वासको संकट निम्त्याउन सक्छ।

दोस्रो, नेपालको सामाजिक तथा भौगोलिक विविधताको सन्दर्भ। भट्टराईले लामो राजनीतिक संघर्ष र व्यापक सहमतिबाट स्थापित संघीय व्यवस्थालाई कमजोर पार्ने वा भत्काउने प्रयासले जातीय, क्षेत्रीय तथा सामाजिक तनाव बढाउन सक्ने चेतावनी दिएका छन्।

उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा अधिकतम राष्ट्रिय सहमति कायम नभएसम्म विवादित एजेन्डाभन्दा सुशासन, आर्थिक विकास र जनजीविकाका सवालमा ध्यान केन्द्रित गर्नु उपयुक्त हुने बताएका छन्।

भट्टराईले लेखेका छन्, “संविधान संशोधनबारे व्यापक राष्ट्रिय सहमति नबनुन्जेल सुशासन र विकासमै केन्द्रित हुनु बुद्धिमानी हुनेछ।”

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...