मोदीलाई पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई श्री पशुपतिनाथ मन्दिर को प्रतिकृति उपहार प्रदान गरेका छन्।
नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ उक्त प्रतिकृति उपहार प्रदान गरिएको बताइएको छ। पशुपतिनाथ मन्दिर हिन्दू धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र तथा नेपालको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक सम्पदामध्ये एक हो।
उपहार हस्तान्तरणका क्रममा नेपाल र भारतबीचको सदियौँदेखिको मैत्रीपूर्ण सम्बन्ध, सांस्कृतिक आदानप्रदान तथा धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा समेत छलफल भएको जनाइएको छ।
पशुपतिनाथ मन्दिरको प्रतिकृतिलाई दुई देशबीचको आध्यात्मिक तथा सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा हेरिएको छ। यसले नेपाल–भारत सम्बन्धलाई अझ घनिष्ठ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।...















