सनकट्टी घाट पुल निर्माण अन्तिम चरणमा, कैलाली–बर्दिया आवतजावत सहज हुँदै
कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ। पुल निर्माण सम्पन्न भएसँगै कैलाली–बर्दिया आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
निर्माण कम्पनीका इञ्जिनियर धिरेन्द्र सहनीका अनुसार विक्रम संवत् २०८३ असोज १७ गतेसम्म सम्पन्न गर्ने सम्झौता भए पनि निर्धारित समयअगावै काम सक्ने लक्ष्यसहित निर्माण भइरहेको छ। “२०७९ पुसमा सम्झौता भई २०८० मा निर्माण सुरु गरिएको हो,” उनले भने, “असोजसम्मको म्याद भए पनि असारभित्रै काम सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी छ।”
चौध वटा पिलर रहेको पुलका सबै पिलर निर्माण भइसकेका छन् भने हाल १२औँ स्पानको काम भइरहेको छ। आगामी १५ दिनभित्र उक्त काम सकी १३औँ स्पानको काम सुरु गर्ने तयारी छ। कैलालीतर्फ तटबन्ध निर्माण पनि सँगसँगै भइरहेको छ।
पुल निर्माण अन्तिम चरणमा पुगेसँगै स्थानीयवासीले आंशिक रूपमा पुल र आंशिक रूपमा न...















