सबै अस्पतालमा डिजिटल रिपोर्ट प्रणाली लागू गरिने : स्वास्थ्यमन्त्री मेहता
काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालमा छिट्टै डिजिटल रूपमा रिपोर्ट निकाल्ने व्यवस्था लागू गरिने बताएकी छन्।
आइतबार काठमाडौंको वीर अस्पतालको अनुगमनका क्रममा बिरामी तथा आफन्तहरूको गुनासो सुन्दै उनले उपचारका लागि आउने सेवाग्राहीले अब डिजिटल रूपमा नै रिपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था गर्न लागिएको बताइन्।
अस्पतालमा परीक्षण रिपोर्ट आउन ढिलाइ हुँदा समस्या हुने गरेको गुनासो बिरामीहरूले गरेका थिए। अस्पताल प्रशासनले भने दैनिक करिब ५ हजार बिरामीले बहिरंग सेवा लिने भएकाले रिपोर्ट वितरणमा ढिलाइ भएको जनाएको छ।
मन्त्री मेहताले स्वास्थ्य परीक्षणको रिपोर्ट लिन अब अस्पताल धाउन नपर्ने गरी छिट्टै डिजिटल प्रणाली लागू गरिने उल्लेख गरिन्।
साथै उनले अस्पतालमा उपचारका क्रममा बिरामीलाई बाहिरबाट औषधि किन्नुपर्ने अवस्था अन्त्य गर्न पनि अस्पताल प्रशासनको ध्यानाकर्षण गराइन्। अनुगमनप...















